बीमा र बैंकिङ्गमा आकर्षण कायमै रहँदा बिहीबार पनि अर्ब नाघ्यो कारोबार

Apr 19, 2018 Merolagani

लगानीकर्ता उत्साहित हुँदा बजार पूँजीकरण १६ खर्ब २७ अर्बमाथि
नेप्सेले सेयर कारोबारमा पूर्ण अनलाईन कारोबार प्रणाली लागू गर्न शुक्रबार ब्रोकर कम्पनीहरुलाई कारोबार प्रणालीको डेमो सार्वजनिक गर्ने भएपछि यसले पूँजी बजारका लगानीकर्तालार्इ उत्साहित बनाएकाे छ ।

बिहीबार कारोबार सुरु भएको एक घण्टासम्म अलमलमा रहेका लगानीकर्ता स्थायी रुपमै बजारले वृद्धिको संकेत देखिएपछि कारोबार खरिद बढाए र परिसूचक अन्त्यसम्ममा २५.३० अंकले बढेर १३८८.३१ अंकमा बन्द भएकाे छ । 

आर्थिक बर्षको अन्त्यतिर पूँजीगत खर्चमा भएको वृद्धि र भावी बजेटको अपेक्षा, विदेशबाट कर्जा भित्र्याउने पहलले तरलता सहज हुने र ब्याजदर घट्ने अनुमान, तेस्रो त्रैमासमा कम्पनीहरुले प्रस्तुत गर्नसक्ने वित्तीय विवरणहरु प्रति लगानीकर्ताको सकारात्मक धारणा नै बजार बढ्नुको आधार देखिएको छ ।

नयाँ बर्षदेखि नै नेप्से परिसूचक सँगै कारोबार रकम बढ्दै जान थालेको छ । बुधबार एक अर्ब १२ करोडको सेयर किनबेच भएकोमा बिहीबार पनि कारोबार रकम एक अर्ब ११ करोड पुगेको छ । नेप्सेमा धेरै कारोबार हुने 'क' वर्गका कम्पनीको सेयरमूल्य विहीबार १.७९ प्रतिशतले बढेर २९४.०३ अंकमा पुगेको छ । यसदिन १६८ कम्पनीको २६ लाख ६३ हजार कित्ता सेयर खरिद विक्री भएका छन् । 

बिहीबार भएको १६८ कम्पनीमध्ये ९६ कम्पनीको सेयरमूल्य बढेको छ । यसदिनको कारोबारमा बाणिज्य बैंक र पनि बीमा कम्पनी लगानीकर्ताको छनौटमा परे । बिहीबार एनआइसीएशिया बैंकले वित्तीय विवरण सार्वजनिक गरेपछि लगानीकर्ता बैंकिङ्ग समूहमा तानिएका हुन् । जसले गर्दा बाणिज्य बैंकहरुको ४१ करोड २३ लाखको कारोबार भयो ।

बीमा कम्पनीहरुको पनि २३ करोड ३२ लाख रुपैयाँको सेयर खरिदविक्री भएको छ । लघुवित्त र जलविद्युत्त कम्पनीहरुको २५ करोड बढीको कारोबार हुँदा कारोबार रकम उल्लेख्य बढ्न सहयोग पुगेको हो । बजार बढेसँगै समग्र बजार पूँजीकरण १६ खर्ब २७ अर्बमा उक्लिएको छ ।

विगतको बर्षमा पनि तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित हुने समयमा सेयर बजारमा उछाल आउने देखिने गरेकाले यस बर्षमा पनि बजारमा त्यहि प्रवृत्ति पुनरागमन भएको आंकलन गर्न सकिन्छ । गत बर्ष पनि वैशाख महिनामा ६ दिन एक अर्ब बढीको कारोबार भएको थियो ।

यसदिन चिलिमे हाईड्रोपावर कम्पनीको सबैभन्दा बढी ४ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल बैंक, सानिमा माईहाईड्रो, सानिमा बैंक, र कुमारी बैंक धेरै कारोबार हुने कम्पनीमा परेका छन् यी सबै कम्पनीको ३ करोड बढीको सेयर खरिदविक्री भए ।

यता सेयर संख्याका हिसाबले सिभिल बैंक लगानीकर्ताको पहिलो रोजाईमा परेको छ । बैंकको बिहीबार मात्रै एक लाख २० हजार कित्ता सेयर किनबेच भयो । विहीबार व्यापार बाहेक अरु सबै उप- समूह बढेका छन् । बीमा सबैभन्दा बढी ५१ अंकले बढेको छ भने फाइनान्स सबैभन्दा कम ३ अंकले मात्र बढ्यो ।

चार कम्पनीहरु प्रोगेसिभ फाइनान्स, खानिखोला हाइड्रो, जनउत्थान लघुवित्त र राष्ट्रिय बीमा कम्पनीको संस्थापक र साधारण सेयरका लगानीकर्ताले ८ प्रतिशत बढीले कमाएका छन् भने प्रोगेसिभ फाइनान्सको सेयरमूल्य १० प्रतिशतको दरले बढेको छ ।

सहयोगी विकास बैंकको सेयरधनीले सबैभन्दा बढी ७ प्रतिशतले गुमाएका छन् भने मिथिला लघुवित्त र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूलय ५ प्रतिशत बढीले घटेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।