नेपाल बैंकले ३ महिनाभित्र २७ स्थानमा शाखा स्थापना गर्ने

Apr 29, 2018 Merolagani

बाणिज्य बैंकमध्ये सबैभन्दा जेठो बैंक (NBL) ले ३ महिनाभित्र विभिन्न २७ स्थानमा शाखा स्थापना गर्ने जनाएको छ । हिमाल पहाड तराईका ५४ जिल्लामा १३६ शाखा, ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेट मार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष बैकिङ्ग सेवा पुर्याइरहेको छ । बैंकले सहज ग्राहक सेवा प्रदान गर्न शाखा विस्तार गर्न लागेको जनाएको छ ।

बैंकले ०७५ बैशाख भित्र कन्चनपुरको विलासपुर,नवलपरासी (पुर्व) को पालीनन्दन गाउँपालिका ,रोल्पाको माडी गाँंपालिका (घर्तिगाउँ) डोल्पाको जगदुल्ला गाउँपालिका,काठमाडौको जोरपाटी, इलामको मंगलबारेमा शाखा विस्तार गर्ने जनाएको हो ।

त्यसैगरि ०७५ असारभित्र ताप्लेजुङ्गको शिरिजङ्घा (तेललोक) रौतहटको राजदेवी नगरपालिका ,सर्लाहीको पर्सा गाउँपालिका र वसवरिया गाउँपालिका ,मनाङ्गको नार्फु गाउपालिका ,रोल्पाको लुंग्री गाउपालिका ,डोल्पाको काईके गाउपालिका,वाजुराको त्रिवेणी नगरपालिका,रुपन्देहीको सैनामैना नगरपालिकास्थित रामनगर ,गुल्मिको शान्तिपुर ,रुपन्देहीको ठुटेपिपल ,दाङ्गको भालुवाङ्ग र तुलसिपुर, धनकुटाको पाख्रीवास, सिन्धुलीको दुधौली ,मोरङ्गको विराटचोक, महोत्तरीको वर्दिवास्, काश्किको तालचोक, धादिङ्गको धादिङ्गबेसी, नवलपरासी (पुर्व)को आरुंगखोला ,सल्यानको वागचौरमा शाखा स्थापना गर्दैछ ।

यी स्थानहरुमा हाल भवन छनोटको कार्य अन्तिम चरणमा पुगेको र पाल्पाको छहरा र गोर्खाको जौवारीमा नयाँ शाखा खोल्नका लागि आवश्यक प्रकृया अघि बढिरहेको बैंकले जनाएको छ । बैंकले हालै मात्र काठमाडौको महाराजगञ्ज र कोटेश्वरमा शाखा, भक्तपुरको ठिमीमा एकस्टेन्सन काउन्टर र वाग्लुङ्गको वुर्तिवाङ्गमा एटिएम आउटलेट सञ्चालनमा ल्याइसकेको छ ।

यसैबीच बैंकको सेवालाई परिष्कृत गराउन बैंक परिसरबाट बाहिर निस्कने हरेक ग्राहकको मुहारमा प्रशन्नता झल्किने किसिमको सेवा प्रवाह गर्ने उद्धेश्यले बैकले स्मार्ट ब्राञ्चको अवधारणा छिट्टै कार्यान्वयनमा ल्याउने जनाएको छ । प्रथम चरणमा २५ शाखाबाट आरम्भ गरिने स्मार्ट ब्राञ्चको निम्ति हाल कर्मचारीलाई ग्राहक व्यवहार सम्वन्धी प्रशिक्षण र ब्राञ्च लेआउटको कार्य तिब्र गतिमा अघि बढिरहेको बैंकले जनाएको छ ।

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा २ अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैकको सञ्चालन मुनाफा ३ अर्ब १२ करोड रहेको छ । बैंकको खुद मुनाफा गत वर्षको यस अवधिको तुलनामा २.०६ प्रतिशतले बढी छ ।

यस अवधिमा बैकको निक्षेप ९० अर्ब ८१ करोड र कर्जा ७९ अर्ब ७१ करोड पुगेको छ । बैकको कुल कर्जा भाखा नाघेको कर्जा अनुपात २.९१ प्रतिशत रहेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।