मुक्तिनाथको ७७ औं शाखा जनकपुरमा, लघु व्यवसाय विस्तारमा जोड दिने

May 08, 2018 Merolagani

मुक्तिनाथ विकास बैंकले जनकपुर उप–महानगरपालिका वडा नं. २, भानुचोकमा ७७ औं शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंक जनकपुरका प्रमुख नरेश शाक्यले बैशाख २४ गते सोमबार जनकपुर शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटन गर्दै प्रमुख अतिथि शाक्यले मुक्तिनाथ विकास बैंक जनकपुर क्षेत्रमा रहेका ग्रामीण तथा शहरी भेगका जनताहरुमा समावेशी वित्तीय पहुँच पु¥याउँदै ग्राहकमैत्री सेवा सुविधा प्रदान गर्न सक्षम हुने विश्वास व्यक्त्त गरे ।

कार्यक्रममा प्रदेश नं. २ का प्रदेश सभा सदस्य राम आशिष यादवले बैंकलाई उत्पादनशील क्षेत्रमा वित्तीय सेवा विस्तार गर्न सुझाव दिए ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले समकक्षी विकास बैंकहरुमध्ये प्रगतिका प्रमुख १० वटा सूचकहरु मध्ये ६ वटा सूचकहरुमा सबै भन्दा अब्बल रहेको जानकारी दिँदै बैंकले लिएको समावेशी वित्तीय पहुँचलाई लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।