२८ वाणिज्य बैंकमा तेस्रो त्रैमासमा कुन देखियो तगडा ? तथ्याङ्क सहित

Apr 30, 2018 merolagani

हाल संचालनमा रहेका २८ वाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमास अर्थात चैत्र मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जसमध्ये ६ वटा बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्न सकेका छैनन् । पूँजी वृद्धिको अनुपातमा कमाई गर्न नसक्दा बैंकहरुलाई प्रतिसेयर आम्दानी सन्तुलनमा राख्न सकस देखिएको छ ।

कसले कति कमाए ?

२८ वाणिज्य बैंकले तेस्रो त्रैमासमा ३९ अर्ब रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । जसमध्ये चाालु आर्थिक बर्षको तेस्रो त्रैमासमा सबैभन्दा बढि खुद नाफा गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले चैत्रसम्म तीन अर्ब ८ करोड रुपैयाँ नाफा गरेको छ। दोस्रोमा निजी क्षेत्रको नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको छ । नबिल बैंकले २ अर्ब ८० करोड तथा नेपाल बैंकले २ अर्ब ५७ करोड खुद नाफा कमाएका छन् । चैत्रमसान्तसम्ममा अर्ब बढी नाफा कमाउनेको सूचिमा १५ वटा बैंक परेका छन् ।

प्रतिसेयर आम्दानी आधारमा कुन बैंक कस्तो ?

तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार गतबर्षको तुलनामा अधिकांश बैंकको प्रतिसेयर आम्दानी घटेको छ । सूचिकृत कम्पनीहरुमध्ये नबिल बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा बढी छ। बैंकको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७३ पैसा रहेको छ। सबैभन्दा कम सिभिल बैंकको ६ रुपैयाँ ७० पैसा रहेको छ ।

 

६ बैंकको चुक्ता पू्ँजी अझै आठ अर्ब पुगेन 

तेस्रो त्रैमाससम्मको वित्तीय विवरणका आधारमा अझै ६ बैंकको चुक्तापूँजी आठ अर्ब पुग्न सकेको छैन । सबैभन्दा कम एनसीसी बैंकको चार अर्ब ६८ करोड रहेको छ । पूँजी बढाउने क्रममा बैंक ५० प्रतिशत हकप्रदको प्रक्रियामा रहेको छ । कुमारी बैंकको ५ अर्ब ९७ करोड छ । कुमारीले गतबर्षको बोनस घोषणा गर्न बाँकी छ । सिभिल बैंकको ६ अर्ब ९३ करोड छ । एनएमबि बैंकको ६ अर्ब ४६ करोड छ । उसले पनि बोनस घोषणा गर्न बाँकी छ । बैंक अफ काठमाण्डूको ७ अर्ब ७ करोड छ । बिओकेले गतबर्षको बोनस बाट आठ अर्ब पुर्याउदैछ । टुरिजम डेभलपमेन्टसँग मर्जरको अन्तिम चरणमा रहेको मेगाको चुक्ता पूँजी ७ अर्ब ३८ करोड रुपैयाँ छ । मर्जरपछि उसको पूँजी आठ अर्ब पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।