आरएसडीसीले २१ करोड ५९ लाखको हकप्रद जारी गर्ने

May 11, 2018 Merolagani

आरएसडीसी लघुवित्त (RSDC) ले ५ः३ अनुपातमा २१ करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई बैशाख २६ गते ६० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको जनाएको छ ।

अनुमति पाएसँगै लघुवित्तले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल मार्केट मार्फत २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद बिक्री गर्नेछ । 

कम्पनीले चुक्ता पूँजी बढाउन यसअघि असोज २ गतेदेखि कात्तिक २० गतेसम्म पनि २०० प्रतिशत हकप्रद जारी गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी ३५ करोड ९९ लाख रूपैयाँ छ । ६० प्रतिशत हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ५७ करोड ५९ लाख  पुग्नेछ ।

लघुवित्तको सेयर बिहीबार ८४५ प्रतिकित्ता रुपैयाँमा कारोबार भएको छ । चालू आर्थिक बर्षको तेस्रो त्रैमासका २ करोड ३० लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएर लघुवित्तले प्रतिसेयर आम्दानी ८ रुपैयाँ २४ पैसा कायम गरेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।