नेशनल लाइफको हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत

May 20, 2018 Merolagani

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले ६० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट जेठ ४ गते स्वीकृती प्राप्त गरेको छ । कम्पनीले गत कात्तिक २७ गते हकप्रद जारी गर्न अनुमतिका माग्दै नियामक धितोपत्र बोर्ड निवेदन पेश गरेको थियो ।

जीवन बिमा कम्पनीले बीमा समितिको निर्देशन अनुसार हकप्रद जारी गरेर न्यूनतम  चुक्ता पुँजी २ अर्ब रुपैयाँ कायम गर्ने बाटो समातेको थियाे ।

नेशनल लाइफ इन्स्योरेन्सकाे हाल चुक्त्ता पूँजी एक अर्ब ६५ करोड ६० लाख रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी २ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ नाघ्नेछ । 

चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ कित्ता अनुपातमा ९९ लाख ३६ हजार ४७८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति प्राप्त गरेको हो ।

हकप्रद विक्रीका लागि कम्पनीले एनआइबीएल क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकेको छ । हकप्रद जारी गर्न अनुमति पाएसँगै कम्पनीले हकप्रद जारी गर्ने प्रकृया अगाडि बढाउने जनाएको छ । अब सेयरधनी किताब बन्द गर्ने र खुला हुने मिति तोक्नेछ ।

गत बिहीबार  कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३८६ रुपैयाँमा काराेबार भएको छ । चालू अावकाे तेश्राे त्रैमासमा कम्पनीले २२ कराेड २० लाख रूपैयाँ खुद नाफा अार्जन गरेर प्रतिसेयर अाम्दानी १७ रूपैयाँ ८८ पैसा कायम गरेकाे छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।