विदेशबाट व्यक्तिगत रुपमा सुन ल्याउनेहरुलाई नयाँ व्यवस्था

May 30, 2018 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सार तिरेर विदेशबाट एक सय ग्रामसम्म सुन भित्र्याउन सकिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल ल्याउने सुनको परिमाणका बारेमा जानकार नभएका नागरिकलाई एक सय ग्रामसम्म सुन ल्याउन दिने व्यवस्था गरिएको बताए ।

२ वर्ष पहिले भन्सार तिरेर विदेशबाट सुन ल्याउने व्यवस्था हटाइएको थियो । अर्थमन्त्रीका अनुसार ५० ग्रामसम्म सुन ल्याउँदा र सोभन्दा माथि एक सय ग्रामसम्म सुन ल्याउँदा फरक भन्सार दर लाग्ने उनको भनाई थियो ।

'अहिले सुन तस्करीको विषय अधिक चर्चामा रहँदै गर्दा तपाईको योजनाले सय ग्रामभन्दा बढी सुन ल्याए भने चाँही कति भन्सार लिने ? वा त्यस्तो सुन जफत गर्ने ?' भन्ने सञ्चारकर्मीको प्रश्नमा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

'स्वदेश फर्किँदा हाम्रा दाजुभाई दिदी बहिनीले परिमाणको व्यवस्था थाहा नपाएर सुन ल्याएको अवस्थामा समस्या नहोस् भन्नलाई यस्तो व्यवस्था गरिएको हो ।' अर्थमन्त्री खतिवडाले भने ।

आर्थिक विधेयकमा भने १०० ग्रामभन्दा बढी सुन भित्र्याएको खण्डमा सबै सुन जफत गर्ने व्यवस्था छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।