लाभकर बारे राजश्व विभागको व्यवस्था खारेज गर्न चेम्बरको माग

Jun 05, 2018 Merolagani

नेपाल चेम्बर अफ कमर्सले आन्तरिक राजस्व विभागले लाभकर गणना र असुल बारे पछिल्लो पटक गरेको व्यवस्था खारेज गर्न माग गरेको छ । चेम्बरले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दे विभागको व्यवस्था कर सम्बन्धि स्थापित सर्बमान्य सिद्दान्त विपरित रहेको ठहर गरेको छ ।

आन्तरिक राजस्व विभागले हालै शेयर बजारमा बोनस शेयर तथा हकप्रद शेयरको लागत मुल्य गणना गर्दा शेयरको अंकित चुक्ता मूल्यलाई लागत लिई सो आधारमा लाभको गणना गरि लाभकर असुल गर्न, गराउन गरिएको व्यवस्था प्रति यस चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त व्यवस्था कर सम्बन्धि स्थापित सर्बमान्य सिद्दान्त र अन्तराष्टिय प्रचलन तथा मुल्य मान्यता बिपरित भएकोले उक्त व्यवस्था अबिलम्ब खारेज गर्न नेपाल चेम्बर अफ कमर्स जोडदार मांग गर्दछ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।