सूर्योदय लघुवित्तको लिलामी सेयर बाँडफाँड, कति तोकियो कटअफ ?

Jun 13, 2018 Merolagani

सूर्योदय लघुवित्त (SLBS) ले जेठ १३ देखि २० गतेसम्म लिलामीमा ल्याएको २८ हजार ८२ कित्ता सेयरको बोलपत्र मंगलबार सेयर विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा खुला भएको छ ।

सूर्योदयको सेयर विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले दिएकाे प्रारम्भिक तथ्याङ्क अनुसार सर्वसाधारण समूहको सेयरको सेयर प्राप्त गर्ने मूल्य (कटअफ) १५५२ रुपैयाँ  ६० पैसा र संस्थापक सेयरकाे २७५ रूपैयाँ कायम भएको छ । याे नै अन्तिम तथ्याङ्क नभएकाे समेत क्यापिटलले स्पष्ट पारेकाे छ ।

लिलामीमा ल्याएको १९ हजार ६८२ कित्ता सर्वसाधारण समूहको सेयरको सेयर प्राप्त गर्ने मूल्य (कटअफ) १५५२ रुपैयाँ ६० पैसा कायम भएको छ । साधारण सेयरका लागि ११४ जना आवेदकले बोलपत्र पेश गरेका थिए ।

जसमध्ये १५५२ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा सेयर आवेदन गर्ने १३ जना आवेदकले सेयर प्राप्त गरेका छन् । १०१ जना अावेदकले सेयर प्राप्त गर्न सकेनन् । साधारण सेयरमा लगानीकर्ताले अधिकतम १६४७ रुपैयाँसम्मकाे बाेलपत्र  आवेदन गरेका थिए ।

त्यसिैगरि संस्थापक समूहतर्फको कटअफ मूल्य २७५ रुपैयाँ कायम भएको छ । लघुवित्तले संस्थापकको ८ हजार ४०० कित्ता सेयर लिलामीमा ल्याएको थियो । संस्थापक सेयरमा लगानीकर्ताले अधिकतम ३५१ रुपैयाँसम्ममा सेयर माग आवेदन गरेका थिए । हाल कायम रहेका ७ जना संस्थापकबाट सेयर माग भएकाेमा २ जनाले मात्र सेयर प्राप्त गरेका छन् ।

मंगलबार कम्पनीको प्रतिकित्ता सेयरमूल्य १६०० रुपैयाँमा करोबार भएको छ । ४ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सूर्योदयले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ५५ पैसा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।