सनराइज बैंकको मोलुङ्गमा शाखा बिस्तार

Jun 15, 2018 Merolagani

सनराइज बैंक (SRBL) ले बिहिबारदेखि ओखलढुङ्गाकोे मोलुङ्ग गाउँपालिका वडा नं ३ मा आफ्नो ८७ औं शाखा बिस्तार गरेको छ । मोलुङ्ग शाखाकोे उद्घाटन संघीय प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार, मोलुङ्ग गाउँपालिकाका अध्यक्ष मणिराज राई र बैंकका सहायक महाप्रबन्धक सर्बेन्द्र मिश्रले संयुक्त रुपमा गरे ।

बैंकले ग्रामीण क्षेत्रका ग्राहकहरुलाई सहज रूपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले ओखलढुङ्गाकोे मोलुङ्गमा शाखा बिस्तार गरेको हो । साथै बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको छ । 

उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकम जुन न्यून हुन्छ सो खर्च सोधभर्ना गर्न सकिने छ ।

यसका साथै बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउंदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको छ । बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा रु. ५ लाख सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।

 

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।