प्रदेश ३ को बजेट ३५ अर्ब ६१ करोड, कृषि, पर्यटन र उर्जा क्षेत्र प्राथमिकतामा

Jun 17, 2018 Merolagani

प्रदेश ३ ले आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी बजेटमा कृषि, पर्यटन, उर्जा, पुर्वाधार विकास र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कुल विनियोजन मध्ये चालुतर्फ ३८.९२ प्रतिशत अर्थात १३ अर्ब ८६ करोड २५ लाख ९१ हजार रुपैयाँ छ । पूँजीगत तर्फ ६१.०८ प्रतिशत अर्थात २१ अर्ब ७५ करोड ३० लाख नौ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । 

अगामी आर्थिक वर्षमा आन्तरिक राजस्वबाट ९ अर्ब ३३ करोड ३६ लाख ७३ हजार रुपैयाँ, संघीय समानीकरण अनुदानबाट ५ अर्ब ९६ करोड ९७ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ८ अर्ब ९९ करोड ६६ लाख २७ हजार रुपैयाँ, सशर्त अनुदानबाट १० अर्ब ६१ करोड ५६ लाख रुपैयाँ र नगद मौज्दात ७० करोड रुपैयाँको खर्च व्यवस्थापन हुने सरकारले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

आगामी आर्थिक वर्षको लागि राजश्व परिचालन गर्न सरकारले करदाता, लगानीकर्ता र आम नागरिकले अपेक्षा गरेको आदर्श प्रदेश कर प्रणाली विकास गर्न प्रदेश भित्रको सम्पुर्ण आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याई राजश्वको आधार फराकिलो बनाउन अध्ययन एवं अनुसन्धान गर्ने, प्रदेश करको संचरना विस्तार गर्ने, गैरकर राजश्वको क्षेत्र विस्तार गर्ने बजेटमा उल्लेख छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।