गहना र नगद चोरी गर्ने तीन पक्राउ

Jun 23, 2018 RSS

महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीका गहना र नगद सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका राजन खनाल र उपेन्द्र खरेल तथा धादिङका सौरभ तामाङ रहेका छन् ।

यही जेठ २ गते भीमबहादुर पुनको डेराबाट हराएको चार लाख ९३ हजार ७०० बराबरको गहना र नगद सहित प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको परिसरले जनाएको छ ।

पुनको डेराबाट हराएको झण्डै सात तोला सुन र नगद खनाल र खरेलले तामाङको पसलमा बिक्री वितरण गरेपछि प्रहरीले चोरीमा संलग्न दुई जना र पसल सञ्चालक गरी तीनै जनालाई नियन्त्रणमा लिएको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले चोरीको आरोपमा पक्राउ परेका तीनैजनालाई चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ बताए ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।