नागढुंगाबाट ६ किलो सुनसहित एक पक्राउ

Jul 02, 2018 RSS

महानगरीय प्रहरी परिसर काठमाडौंले ६ किलो सुनसहित आईतबार बेलुका नागढुंगाबाट एक जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले विशेष सूचनाका आधारमा पक्राउ गरेकाे हाे ।

मोटरसाइकलमा सुन राखेर चीनको केरुङबाट काठमाडौँ आउँदै गर्दा अाइतबार बेलुका ७ बजे पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएकाे छ  ।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले सुन तस्करीमा धेरै मानिसहरुको संलग्न रहेकाले अहिले नाम मोटरसाइकल नम्बर र पक्राउ व्यक्तिको नाम नखुलाएको बताए ।

प्रहरीले शनिबार नागढुंगाबाट तीन किलोग्राम सुनसहित चार भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरिसकेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।