सिकिस्त सेयर बजारलाई मौद्रीक नीतिले ओखती गर्ला ?

Jun 26, 2018 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारकाे  प्राथामिक बजारलाई बलियो पार्दे दोस्रो बजारको विकास गर्ने नीति अख्तियारी गर्ने बताईरहँदा सेयर बजार भने दिनप्रतिदिन वियरिस ट्रेन्डमा जान थालेको छ । अाउनै लागेकाे माैद्रीक नीति,अनलाइनबाटै सेयर काराेबार र चाैथाे त्रैमासिक प्रतिवेदनकाे मुखैमा बजारमा देखिएकाे याे दृश्यले लगानीकर्तामा अझै अन्याैलता  र अाशंका कायम नै रहेकाे देखिन्छ।

पछिल्लो एक महिना अवधिमा मात्र सेयर बजार परिसूचक मापक नेप्से १४१.५५ अंकले घटिसकेको छ । गत जेठ १४ गते १३३६.३५ अंकमा रहेको नेप्से असार १२ गते मंगलबार ११९४.८० अंकमा आएको हो । आइतबार झिनो अंकले मात्र सकारात्मक रहेको नेप्से परिसूचक सोमबार र मंगलबारमा मात्र २५ अंकले घटेको छ ।

आगामी आर्थिक बर्षको बजेटले पूँजी बजारको दायरा हेज फण्ड र प्राइभेट इक्वीटीजस्ता नयाँ अाैजारकाे प्रयाेगबाट बजार विस्तार गर्ने लक्ष्य लिएपनि सेयर बजार भने लाभकरको रोगले  नराम्रोसँग थलियो । यसको अध्ययन गर्न बनेको समितिले दिर्घकालीन र अल्पकालीन लगानीकर्तालाई छुट्टा छ्ट्टै लाभकर लगाउने, र वेट एण्ड एभरेजका आधारमा लाभकर गणना गर्ने सुझाब दिइसकेकाे छ । अब यसकाे कार्यान्वयन कसरी हुन्छ त्याे भने हेर्न बाँकी छ ।

साउनदेखि अनलाईनबाटै सेयर कारोबार गर्न सकिने नयाँ व्यवस्था लागू हुँदैछ । कम्पनीले चालू आर्थिक बर्षमा गरेको नाफाको आंकलन गरेर राम्रा कम्पनीको सेयरमूल्य बढ्ने गरेको विगतका प्रवृति अहिले ठ्याक्कै देखिएको छैन । यी सकरात्मक विषयका बाबजुत सेयर बजार ओरालो यात्रामा छ ।

अहिले सेयर लगानीकर्ताहरु सबैको ध्यान एउटै विषयमा केन्द्रीत भएको छ । राष्ट्र बैंकले ल्याउने आगामी आवको मौद्रीक नीतिले पूँजी बजारको विकास र विस्तारका लागि कस्तो नीति तथा कार्यक्रम ल्याउँछ ? त्यस्तै प्राथामिक निष्काशन, हकप्रद र एफपिओको अधिक आपूर्तिलाई बजारमा नयाँ लगानीकर्तालाई भित्र्याउने के कस्ता रणनीति अख्तियार गर्ला ?

बजारको नियामक निकाय र विकास तथा विस्तार गर्ने जिम्वेवारी पाएका निकायहरुले यी र यस्तै विषयमा लिने निर्णय र लागू गर्ने कार्यक्रमले पूँजी बजारको कस्तो गति लिन्छ भन्ने निर्कौल गर्नेछ ।

१ हजार १ सयकाे लाइनमा नेप्से

निरन्तरकाे बजार घटाइले नेप्से परिसूचक एक हजार एक सय लाइनमा झरेकाे छ । मंगलबार सेयर बजार परिसूचक नेप्से १५.२९ अंकले घटेर ११९४.८० अंकमा घटेकाे छ । नेप्सेमा सूचीकृत 'क' बर्गको कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स् १.२२ प्रतिशतले घटेर २५०.८६ अंकमा झरेको छ । 

यसदिन १६० कम्पनीका ६ लाख २१ हजार ७९६ कित्ता सेयर २३ करोड १० लाख रुपैयाँ बराबरमा खरिदविक्री भएका छन् ।

मंगलबार कारोबारमा आएका नौं वटै उप समुह राताम्मे बनेका छन् । बीमाको सूचक ७८.०७ अंक,होटल ५२.२०,उत्पादन ५०.५३, लघुवित्त ३२.१७ अंकले ओरालो लागेको छ । उत्पादन तथा प्रशोधन, बैंकिङ्ग, विकास बैंक, हाईड्रोपावर, फाईनान्स, र अन्य समुह पनि सामान्य घटेको छ ।

 

धेरै कारोबार हुनेमा बैंकिङ्ग समुहको प्रभुत्व रहेका छ । शिर्ष कारोबार भएका १० मध्ये ८ कम्पनी बैंकिङ्ग समूहका छन् । बाणिज्य बैंकको सेयरमूल्य अन्यको तुलनामा सस्तिएपछि लगानीकर्ताको खरिदविक्री चाप बैंकमा पर्दा धेरै कारोबार भएको हो ।

नबिल बैंकको संस्थापक र नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड बढीको सेयर कारोबार भएको छ । कुमारी, स्टाण्डर्ड चार्टर्ड, मेगा, नेपाल लाईफ, एनआईसी एशिया, नेको इन्स्योरेन्स र नेपाल एसबिआई बैंक उच्च कारोबार गर्ने दश कम्पनीमा परेका छन् । मेगा बैंकको सबैभन्दा बढी ३८ हजार ४४६ कित्ता सेयर कारोबार भयो ।

यता आरम्भ माइक्रोफाइनान्सको सेयरमूल्य ४.७९ प्रतिशतले बढेर ४५९ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर कारोबार भर्खरै खुलेकाले सेयरमूल्य बढ्दो क्रममा रहेको छ । सांग्रीला डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, खानीखोला हाईड्रोपावर र रिलायन्स फाइनान्सको सेयरमूल्य पनि सामान्य बढेको छ ।

उता सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.३७ प्रतिशतले घटेको छ । उन्नति माइक्रोफाइनान्स, बोटलर्स नेपाल तराई, नेशनल माइक्रोफाइनान्स, सिभिल लघुवित्त, नेपाल हाइड्रो डेभलपर कम्पनी र अपि पावर कम्पनीका सेयरधनीले ४ प्रतिशत बढीले गुमाएका छन् ।

सेयर बजार ११ सयको लाईनमा झरेसँगै लगानीकर्ताको सम्पति मापक समग्र बजार पूँजीकरण १४ खर्ब १२ अर्ब रुपैयाँमा झरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।