बैंकर्स संघका अध्यक्ष भन्छन्, 'मार्जिन ल्याण्डिङ्गको नयाँ व्यवस्थाबाट लगानीकर्ता आत्तिनु पर्दैन' (भिडियो)

Jul 12, 2018 Merolagani

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले सरकारको बजेटले तोकेको ८ प्रतिशत आर्थिक वृद्धिलाई कायम गर्नेगरि विस्तारकारी मौद्रिक नीति आउनुपर्छ भन्ने आफुहरुको सुझाव अनुसार नीति आएको बताए । उनले लगानीयोग्य रकमको अभावका कारण ब्याजदरमा चाप पर्दा कर्जाको ब्याजदर लगातार बढ्ने अवस्थालाई नीतिले नियन्त्रण गर्ने विश्वास व्यक्त गरे ।

व्यवसायीक ओभर ड्राफ्टमा नभई व्यक्तिगतमा घटेकाले त्यसले खासै ठूलो इम्प्याक्ट नपार्ने उनको भनाई छ । प्रयोजन नखुलेको व्यक्तिगत कर्जाको सीमा मात्र घटाईएकाले चिन्तित हुनु पर्ने अवस्था नरहेको उनले बताए ।

मार्जिन कर्जाको सीमा प्राथमिक पूँजीको ४० प्रतिशतबाट २५ प्रतिशतमा झरे पनि कुनै असर नपर्ने उनले बताए । अहिले जति कर्जा प्रवाह भएको छ त्यसको चार गुणासम्म कर्जा प्रवाह गर्दासमेत मौद्रिक नीतिले तोकेको सीमा नकट्ने भएकाले लगानीकर्ता बिचलित हुन नहुने उनको भनाई छ । साथै मार्जिन कललाई १० प्रतिशतबाट २० पुर्याएकाले लगानीकर्तालाई केही राहत पुग्ने उनको भनाई छ ।

सेयर कर्जाका सम्बन्धमा ढुङ्गानाको थप बिचार भिडियोमा हेर्नुहोस् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।