मुक्तिनाथ बैंकबाट सिटिजन लाइफको बीमा योजनाका सेवा पाइने

Jul 13, 2018 Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) का ग्राहकहरुलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु बैंकका देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुने भएको छ ।

मुक्तिनाथ र सिटिजन लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता सम्पन्न भएसँगै बैंकका ग्राहकहरुले बैंक मार्फत इन्स्योरेन्सका सबै योजनाहरुको सुविधा पाउने भएका हुन् । 

सो सम्झौतामा मुक्तिनाथको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सिटिजन लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरेका छन् ।

मुक्तिनाथ विकास बैंक लि.देशै भरी फैलिएका आफ्ना ८३ वटा शाखा, १३ वटा ए.टि.एम. र तीन लाख ७५हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

बैंकले ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, भिसा डेविट कार्ड सेवा साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।