नबिल ब्यालेन्सड् फण्ड १ ले ईकाइधनीहरुले रकम फिर्ता दिन थाल्यो

Jul 13, 2018 Merolagani

नबिल बैंकको कोष प्रवर्द्धक रहेको नबिल ब्यालेन्सड् फण्ड १ का ईकाइधनीहरुले रकम फिर्ता दिन सुरू गरिएकाे  छ । २०७४ चैत २९ गते परिपक्व भई खारेजीमा लगिएको फण्डले डिम्याट गराएका इकाईधनीलाई असार २७ गते बुधबारदेखि रकम भुक्तानी गर्न थालिएको हो ।

प्रचलित सामुहिक लगानी कोष नियमावली २०६७ को व्यवस्था तथा नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम खारेजिमा लागिएको सो योजनाको फिर्ता रकमको कर कट्टि गरी वितरण गरिने बताइएको छ ।

इकाई अभौतिकिकरण गराएका इकाईधनीहरुको हकमा असार २७ गते आईपिएस मार्फत सम्बन्धित हितग्राहि खातामा उल्लेख गरिएको इकाइधनीको बैंक खातामा नै रकम फिर्ता गरिने योजना व्यवस्थापक तथा डिपोजिटरी नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ ।

कागजी प्रमाणपत्र रहेका इकाईधनीहरु तथा हितग्राही खातामा उल्लेखित बैंक खाता नम्बर रुजु नभएका इकाईधनीहरुले भने असार ३१ गतेदेखि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नक्सालबाट चेक मार्फत रकम प्राप्त गर्न सकिने जनाइएको छ ।

भौतिक रुपमा इकाई रहेका इकाईधनीहरुले रकम फिर्ता लिन आउँदा सक्कल प्रमाणपत्र सहित परिचय खुल्ले आधिकारिक परिचयपत्र अनिवार्य ल्याउनुपर्ने बताइएको छ ।

स्वयं उपस्थित हुन नसक्ने इकाईधनीले लिखित मन्जुरीनामा सहित आवश्यक कागजपत्र सहित रकम फिर्ता लिन आउन नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आग्रह गरेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।