सूर्या लाइफकोको लिलामी शेयर नपरेको रकम फिर्ता सुरु

Dec 02, 2019 03:06 PM Merolagani

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामी आवेदन गरि शेयर प्राप्त गर्न नसकेका आवेदकको बैंक खातामा नै रकम फिर्ता गर्न थालेको छ।

उक्त रकम कम्पनीको बिक्री प्रवन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड मार्फत मंसिर १६ गते सोमबारदेखि आवेदकले लिलामी आवेदन गर्दा उल्लेख गरेको बैंक खातामा जम्मा गर्न थालिएको जनाएको छ।

लिलामी शेयरको मंसिर ८ गते शिलबन्दी बोलपत्र खुला गरि कम्पनी सञ्चालक समितिले मंसिर १५ गते बाँडफाँड गरेको हो।

कम्पनीले कात्तिक २४ गतेदेखि मंसिर १ गतेसम्म संस्थापक समूहको २७ हजार ३८९ दशमलव २ कित्ता र सर्वसाधारण समूहको २ लाख ८१ हजार ९१२ दशमलव ८ कित्ता अवितरित हकप्रद लिलमी मार्फत बिक्रीमा ल्याएको थियो।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।