सूर्या लाइफको लिलामी शेयर बाँडफाँड, कटअफ १४ प्रतिशत तल

Nov 24, 2019 06:17 PM Merolagani



सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले कात्तिक २४ गतेबाट मंसिर १ गतेसम्म बिक्रीमा ल्याएको लिलामी शेयरको शिलबन्दी बोलपत्र मंसिर ८ गते आइतबार खुला गरिएको छ।

उक्त शेयरको एनआइसी एसिया क्यापिटलका अनुसार कम्पनीको सर्वसाधारण समूहको लिलामी शेयरको प्रारम्भिक कटअफ २२२ रुपैयाँ र संस्थापक शेयरको कटअफ १२४ रुपैयाँ कायम भएको छ।

यसअनुसार प्रतिकित्ता २२२ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा बोलकबुल गरि आवेदन गर्ने आवेदकले सर्वसाधारणतर्फको शेयर र १२४ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा आवेदन गर्ने आवेदकले लिलामीको संस्थापक शेयर पाएका छन्।

बोलपत्र पेश गर्न पाइने अन्तिम दिन मंसिर १ गते इन्स्योरेन्सको शेयर प्रतिीकत्ता २६० रुपैयाँमा कारोबार बन्द भएको थियो। यसअनुसार सो दिनको आधारमा हेर्दा १४.६१ प्रतिशत तल कटअफ कायम भएको हो।

सर्वसाधारणतर्फको शेयरमा ७२८ वटा र संस्थापकतर्फको शेयरमा ४ वटा आवेदन परेको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ। सर्वसाधारणतर्फको शेयरमा न्यूनतम १०० देखि अधिकतम २५६ रुपैयाँसम्मको आवेदन परेको थियो।

सूर्या लाइफले कात्तिक २४ गतेबाट मंसिर १ गतेसम्म २ लाख ८१ हजार ९१२ दशमलव ८० कित्ता सर्वसाधारण शेयर र २७ हजार ३८९ दशमलव २० कित्ता संस्थापक समूह तर्फको शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।