सूर्या लाइफको लिलामी शेयर बाँडफाँड, कटअफ १४ प्रतिशत तल

Nov 24, 2019 06:17 PM Merolagani



सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले कात्तिक २४ गतेबाट मंसिर १ गतेसम्म बिक्रीमा ल्याएको लिलामी शेयरको शिलबन्दी बोलपत्र मंसिर ८ गते आइतबार खुला गरिएको छ।

उक्त शेयरको एनआइसी एसिया क्यापिटलका अनुसार कम्पनीको सर्वसाधारण समूहको लिलामी शेयरको प्रारम्भिक कटअफ २२२ रुपैयाँ र संस्थापक शेयरको कटअफ १२४ रुपैयाँ कायम भएको छ।

यसअनुसार प्रतिकित्ता २२२ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा बोलकबुल गरि आवेदन गर्ने आवेदकले सर्वसाधारणतर्फको शेयर र १२४ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा आवेदन गर्ने आवेदकले लिलामीको संस्थापक शेयर पाएका छन्।

बोलपत्र पेश गर्न पाइने अन्तिम दिन मंसिर १ गते इन्स्योरेन्सको शेयर प्रतिीकत्ता २६० रुपैयाँमा कारोबार बन्द भएको थियो। यसअनुसार सो दिनको आधारमा हेर्दा १४.६१ प्रतिशत तल कटअफ कायम भएको हो।

सर्वसाधारणतर्फको शेयरमा ७२८ वटा र संस्थापकतर्फको शेयरमा ४ वटा आवेदन परेको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ। सर्वसाधारणतर्फको शेयरमा न्यूनतम १०० देखि अधिकतम २५६ रुपैयाँसम्मको आवेदन परेको थियो।

सूर्या लाइफले कात्तिक २४ गतेबाट मंसिर १ गतेसम्म २ लाख ८१ हजार ९१२ दशमलव ८० कित्ता सर्वसाधारण शेयर र २७ हजार ३८९ दशमलव २० कित्ता संस्थापक समूह तर्फको शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।