युनाइटेड इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा कति कायम भयो कटअफ ?

Dec 30, 2019 03:37 PM Merolagani



युनाइटेड इन्स्योरेन्स (UIC) ले बिक्रीमा ल्याएको संस्थापक शेयरको बोलपत्र एनएमबि क्यापिटल नागपोखरीमा बिहान १० बजे खुला गरिएको छ ।

एक लाख ५७ हजार ६४९ दशमलव ६० कित्ता संस्थापक शेयरको लागि परेको बोलपत्र अनुसार कम्पनीको प्रारम्भिक कटअफमूल्य १११ रुपैयाँ ११ पैसा कायम भएको छ ।

एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार इन्स्योरेन्सको संस्थापक शेयरका लागि कूल १५ वटा आवेदन मार्फत ३ लाख ३९ हजार १० कित्ताका लागि माग आवेदन परेको थियो। जसमा प्रतिकित्ता १११ रुपैयाँ ११ पैसा कबुल गरि बोलपत्र पेश गर्ने आवेदनकले शेयर पाउने प्रारम्भिक तथ्याङ्कमा देखिएको हो। कम्पनी सञ्चालक समितिले सो बाँडफाँड अनुमोदन गर्नुपर्ने भएकाले अन्तिम तथ्याङ्कमा केही फरक पनि अनाउसक्ने क्यापिटलले जनाएको छ ।

युनाइटेड इन्स्योरेन्सको संस्थापक शेयरका लागि न्यूनतम १०१ रुपैयाँदेखि अधिकतम १२६ रुपैयाँ ६७ पैसासम्मको आवेदन परेको थियो। इन्स्योरेन्सको लिलामी शेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ता शेयर खरीदको लागि आवेदन दिन पाउने व्यवस्था थियो।

कम्पनीले पुस ३ गतेदेखि १० गतेसम्म बिक्री नभएको १ लाख ५७ हजार ६४९.६० कित्ता संस्थापक समूहको शेयर दोस्रो पटक लिलामीमा ल्याएको हो। यसअघि इन्स्योरेन्सले गत मंसिर १० गतेदेखि १७ गतेसम्म शिलबन्दी बोलपत्र मार्फत खरिद आह्वान गरेर १ लाख ५७ हजार ६४९.६० कित्ता संस्थापक र ३ लाख ४१ हजार ५४३ कित्ता सर्वसाधारण समूहको शेयर बिक्रीमा ल्याएको थियो।

सो समयमा इन्स्योरेन्सले विद्यमान संस्थापकहरुलाई सो संस्थापक शेयर खरिद गर्न आह्वान गरेको थियो। विद्यमान संस्थापकहरुको आवेदन नपरेपछि इन्स्योरेन्सले सर्वसाधारणमा सो शेयर बिक्री गरेको हो।

इन्स्योरेन्सले पूँजी वृद्धि गर्न गत भदौ ३ देखि असोज २३ गतेसम्म चुक्ता पूँजीको २४० प्रतिशत अर्थात १० बराबर २४ कित्ता शेयरको अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो।

हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको युनाइटेड इन्स्योरेन्सको हकप्रद शेयर बिक्री पश्चात पूँजी एक अर्ब २ करोड ८१ लाख रुपैयाँ पुग्नेछ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।