जेबिल्स फाइनान्सको लिलामी सेयर बाँडफाँड

Feb 04, 2018 Merolagani



जेबिल्स फाइनान्स लिमिटेड (JEFL) ले लिलामीमा राखेको लिलामी सेयर बाँडफाँड भएको छ । फाइनान्सको सेयर विक्री प्रबन्धक सनराइज क्यापिटलले प्रारम्भिक जानकारी अनुसार लिलामी सेयर साधारण सेयर ४९ जना र संस्थापक सेयर तीन जनाले प्राप्त गरेका छन् ।

फाइनान्सको सेयर विक्री प्रबन्धक सनराइज क्यापिटलले दिएको जानकारी अनुसार साधारण सेयरको कटअफ मूल्य १११ रुपैयाँ कायम भएको छ । ७४ हजार २२० कित्ता सर्वसाधारण समूहको सेयरका लागि १७९ जनाको आवेदन परेकोमा प्रारम्भिक तथ्याङ्क अनुसार ४९ जना आवेदकले सेयर प्राप्त गर्ने देखिएको छ ।

अन्तिम तथ्याङ्क भने कम्पनीको सञ्चालक समितको बैठकले अनुमोदन गरेपछि मात्र प्राप्त हुने क्यापिटलको भनाई छ ।

त्यस्तै दुई लाख ९८ हजार २०६ कित्ता संस्थापक सेयरको कटअफ मूल्य एक सय रुपैयाँ नै कायम भएको छ । कुल ३ जना आवेदकले कम्पनीको संस्थापक सेयरका लागि माग गरेकोमा सबै आवेदकले सेयर प्राप्त गरेका छन् ।

फाइनान्सले असोज १ गतेदेखि कात्तिक २० गतेसम्म शतप्रतिशत बराबर २८ लाख ८९ हजार ५६२ कित्ता हकप्रद जारी गर्दा अवितरित सेयर लिलामीमा राखेको थियो ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।