जेबिल्स फाइनान्सको लिलामी सेयर बाँडफाँड

Feb 04, 2018 Merolagani



जेबिल्स फाइनान्स लिमिटेड (JEFL) ले लिलामीमा राखेको लिलामी सेयर बाँडफाँड भएको छ । फाइनान्सको सेयर विक्री प्रबन्धक सनराइज क्यापिटलले प्रारम्भिक जानकारी अनुसार लिलामी सेयर साधारण सेयर ४९ जना र संस्थापक सेयर तीन जनाले प्राप्त गरेका छन् ।

फाइनान्सको सेयर विक्री प्रबन्धक सनराइज क्यापिटलले दिएको जानकारी अनुसार साधारण सेयरको कटअफ मूल्य १११ रुपैयाँ कायम भएको छ । ७४ हजार २२० कित्ता सर्वसाधारण समूहको सेयरका लागि १७९ जनाको आवेदन परेकोमा प्रारम्भिक तथ्याङ्क अनुसार ४९ जना आवेदकले सेयर प्राप्त गर्ने देखिएको छ ।

अन्तिम तथ्याङ्क भने कम्पनीको सञ्चालक समितको बैठकले अनुमोदन गरेपछि मात्र प्राप्त हुने क्यापिटलको भनाई छ ।

त्यस्तै दुई लाख ९८ हजार २०६ कित्ता संस्थापक सेयरको कटअफ मूल्य एक सय रुपैयाँ नै कायम भएको छ । कुल ३ जना आवेदकले कम्पनीको संस्थापक सेयरका लागि माग गरेकोमा सबै आवेदकले सेयर प्राप्त गरेका छन् ।

फाइनान्सले असोज १ गतेदेखि कात्तिक २० गतेसम्म शतप्रतिशत बराबर २८ लाख ८९ हजार ५६२ कित्ता हकप्रद जारी गर्दा अवितरित सेयर लिलामीमा राखेको थियो ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।