मिसन डेभलपमेन्ट बैंकको लिलाममा राखिएको चार लाख १९ हजार ७३० कित्ता सेयर कसले कतिमा सकार्यो ?

May 23, 2017 merolagani



मिसन डेभलपमेन्ट बैंक (MIDBL) ले हकप्रदमा बिक्री नभएको चार लाख १९ हजार ७३० कित्ता सेयर लिलामबाट बिक्री गरेको छ । मिसनको सेयर निष्काशन तथा बिक्री प्रबन्धक भिबार क्यापिटलले सेयर लिलामबाट बिक्री गरेको हो ।

आईतबार खोलिएको बोलकबोल अनुसार मिसन डेभलपमेन्ट बैंकको साधारण सेयर न्यूनतम दूई सय ८१ रुपैंया हाल्नेलाई बितरण गरिएको छ । भिबार क्यापिटलका अनुसार ९५ हजार १७४ कित्ता साधारण सेयरका लागि एक सय ५८ जनाले आवेदन दिएकोमा अधिकतम चार सय ४० रुपैंयासम्म मूल्य हाल्ने एक सय २४ जनाले मात्र सेयर पाएका छन् । दुई सय ८१ भन्दा कम मूल्य बोलकबोल गर्ने ३४ जनाले लिलामीमा राखिएको सेयर प्राप्त गर्न सकेनन् । 

त्यस्तै गरि भिबोर क्यापिटलका अनुसार बैंकको तीन लाख २४ हजार पाँच सय ५६ कित्ता संस्थापक समुहको सेयर न्यूनतम १११ रुपैयाँ १३ पैसा रकम बोलकबोल गर्ने लगानीकर्तालाई बितरण गरिएको छ । संस्थापक समुहको सेयरमा २२ जना लगानीकर्ताले आवेदन गरेकोमा १२ जनाले सेयर प्राप्त गरेका छन् । १० जनाले सेयर प्राप्त गर्न सकेनन् ।

लिलाममा सेयर नपरेका लगानीकर्तालाई क्यापिटलले जेठ १४ गतेदेखि पैसा फिर्ता गर्ने बताएको छ । बैंकले चैत मसान्तसम्ममा तीन करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी कायम गरेको छ । बैंकको सेयर जेठ ९ गते मंगलबार नेप्सेमा प्रतिकित्ता ४२५ रुपैयाँमा कारोबार भएको छ ।

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।