सेञ्चुरी बैंकको लिलामी शेयर बाँडफाँड

Jan 16, 2019 Merolagani

सेञ्चुरी कर्मसियल बैंक (CCBL) ले पुस १८ गतेदेखि २५ गतेसम्म लिलामी बढाबढमा बिक्रीमा ल्याएको शेयरको बोलपत्र खुल्ला भएको छ । बैंकको संस्थापक र साधारणतर्फको सबै लिलामी शेयर बिक्री भएको छ ।

बैंकको शेयर निष्काशक तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले दिएको प्रारम्भिक तथ्याङ्क अनुसार सर्वसाधारणतर्फको लिलामी शेयरको कटअफ मूल्य १६५ रुपैयाँ र संस्थापक तर्फको १०५ रुपैयाँ कायम भएको छ । 

बैंकको सर्वसाधारण शेयरमा प्रतिकित्ता न्यूनतम १६५ रुपैयाँ वा सोभन्दा बढी मूलयमा बोलकबोल गर्ने बोलपत्रदाताले लिलामी शेयर सकारेका छन् ।

बैंकको साधारण लिलामीमा ल्याएको साधारण शेयरमा एक हजार ६७३ जनाले बोलपत्र पेश गरेका थिए । सो शेयरमा अधिकतम २०० रुपैयाँसम्म तोकेर बोलपत्र पेश भएको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

यस्तै संस्थापक तर्फको शेयरमा ५६ जनाले आवेदन दिएका थिए । संस्थापक तर्फ १०५ रुपैयाँ कटअफ निर्धारण भएको छ ।

बैंकले पुस १८ गतेदेखि २५ गतेसम्म संस्थापक समूहको १४ लाख ६१ हजार ९९ कित्ता र सर्वसाधारण समूहको ४ लाख ९ हजार १७५ कित्ता शेयर लिलामीमा ल्याएको थियो ।

चुक्ता पूँजी ८ अर्ब ६ करोड रुपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५९ पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।