नागवेली लघुवित्तको लिलामी शेयरको कति कायम भयो कटअफ ?

Dec 03, 2018 Merolagani



नागवेली लघुवित्त (NBBL) को ९ हजार ५१८.४४ कित्ता लिलामी शेयरको बोलपत्र सोमबार खुल्ला गरिएको छ । लघुवित्तको शेयर मंसिर १७ गते सोमबार कारोबार दोस्रो बजारमूल्यभन्दा १०४ रुपैयाँ थोरैमा कटअफ कायम भएको छ ।

लघुवित्तको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको प्रारम्भिक तथ्याङ्क अनुसार ६६६ रुपैयाँ कटअफ मूल्य कायम भएको हो ।

लघुवित्त सञ्चालक समितिले कटअफ मूल्य अनुमोदन भएपश्चात मात्र अन्तिम मूल्य निर्धारण हुनेछ । सोमबार कम्पनीको शेयर प्रतिकित्ता ७७० रुपैयाँ कारोबार भएको छ । 

लघुवित्तको लिलामी शेयरमा ७५ वटा बोलपत्र आवेदन परेको थियो । लघुवित्तले गत साउन ४ देखि भदौ ७ गतेसम्म शतप्रतिशत हकप्रद जारी गरेकोमा ९ हजार ५१८.४४ कित्ता साधारण शेयर अवितरित अवितरित भएको थियो ।

सोही शेयर लघुवित्तले मंसिर ५ गतेदखि १२ गतेसम्म लिलामीमा ल्याएको हो । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १६.११ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लिलामी सर्कानेले पनि लाभांश पाउनेछन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा ७ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रतिशेयर आम्दानी बार्षिक २० रुपैयाँ ५६ पैसा, प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ८६ पैसा छ ।

हाल नागवेलीको चुक्ता पुँजी ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ छ । लिलामी बिक्रीपछि र बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १७ करोड ७९ लाख ९६ हजार रुपैयाँ पुग्नेछ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।