नागवेली लघुवित्तको लिलामी शेयरको कति कायम भयो कटअफ ?

Dec 03, 2018 Merolagani



नागवेली लघुवित्त (NBBL) को ९ हजार ५१८.४४ कित्ता लिलामी शेयरको बोलपत्र सोमबार खुल्ला गरिएको छ । लघुवित्तको शेयर मंसिर १७ गते सोमबार कारोबार दोस्रो बजारमूल्यभन्दा १०४ रुपैयाँ थोरैमा कटअफ कायम भएको छ ।

लघुवित्तको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको प्रारम्भिक तथ्याङ्क अनुसार ६६६ रुपैयाँ कटअफ मूल्य कायम भएको हो ।

लघुवित्त सञ्चालक समितिले कटअफ मूल्य अनुमोदन भएपश्चात मात्र अन्तिम मूल्य निर्धारण हुनेछ । सोमबार कम्पनीको शेयर प्रतिकित्ता ७७० रुपैयाँ कारोबार भएको छ । 

लघुवित्तको लिलामी शेयरमा ७५ वटा बोलपत्र आवेदन परेको थियो । लघुवित्तले गत साउन ४ देखि भदौ ७ गतेसम्म शतप्रतिशत हकप्रद जारी गरेकोमा ९ हजार ५१८.४४ कित्ता साधारण शेयर अवितरित अवितरित भएको थियो ।

सोही शेयर लघुवित्तले मंसिर ५ गतेदखि १२ गतेसम्म लिलामीमा ल्याएको हो । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १६.११ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लिलामी सर्कानेले पनि लाभांश पाउनेछन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा ७ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रतिशेयर आम्दानी बार्षिक २० रुपैयाँ ५६ पैसा, प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ८६ पैसा छ ।

हाल नागवेलीको चुक्ता पुँजी ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ छ । लिलामी बिक्रीपछि र बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १७ करोड ७९ लाख ९६ हजार रुपैयाँ पुग्नेछ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।