ग्लोबल आइएमई लघुवित्तको लिलामी शेयर बाँडफाँड

Nov 03, 2019 03:13 PM Merolagani



ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था (GILB) ले असोज २८ देखि कार्तिक ५ गतेसम्म लिलामीमा ल्याएको ५६ हजार ५६१ कित्ता साधारण शेयरको बोलपत्र कार्तिक १७ गते आइतबार खुला गरिएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमा खुला गरिएको बोलपत्रको शेयर प्राप्त गर्ने प्रारम्भिक मूल्य (कट अफ प्राइस) ६४१ रुपैयाँ कायम भएको छ। यसअनुसार ६४१ रुपैयाँ वा सो भन्दा धेरै मूल्यमा आवेदन गर्ने लगानीकर्ताले लिलामीको शेयर सकारेका छन्। 

लिलामीको हकप्रद शेयर खरीदका लागि लगानीकर्ताले न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ६८५ रुपैयाँसम्म कबुल गरि २१४ जनाले बोलपत्र पेश गरेका थिए। प्रारम्भिक तथ्याङ्क अनुसार १९ आवेदकले लघुवित्तको शेयर सकारेका छन्।

मञ्जुश्री फाइनान्सले लघुवित्तको २५ हजार कित्ता शेयरका लागि ६८५ रुपैयाँका दरले १ करोड ७१ लाख २५ हजार रुपैयाँ आवेदन गरेको थियो।

लघुवित्तले साउन २१ गतेदेखि भदौ २३ गतेसम्म चुक्ता पूँजीको शतप्रतिशत अर्थात ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो। सो हकप्रदमा अवितरित ५६ हजार ५६१ कित्ता शेयर लिलामी मार्फत बिक्रीमा ल्याईएको थियो।

लिलामीबाट शेयर बिक्रीसँगै लघुवित्तको चुक्ता पूँजी २२ करोड ९ लाख रुपैयाँ पुगेको छ।

आइतबार दोस्रो बजारमा ग्बोलल आइएमई लघुवित्तको शेयर प्रतिकित्ता ७५५ रुपैयाँ हाराहारीमा कारोबार भईरहेको छ । लघुवित्तको शेयरमूल्य आज प्रतिकित्ता १० रुपैयाँले घटेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।