आईपिओको फिर्ता रकम खातामा नपाउने स्थानीयलाई तामाकोशीले थाल्यो फिर्ता भुक्तानी

Dec 16, 2018 Merolagani

माथिल्लो तामाकोशी हाइड्रोपावर (UpperTamakoshi) ले विभिन्न समस्याका कारण सिधै बैंक खातामा रकम नपाउने आवेदकलाई भने पुस १ गते (आज) देखि चेकबाट रकम फिर्ता दिन थालेको छ ।

यसका लागि दोलखाबाट आवेदन दिएका आवेदकलाई आवेदन दिएकै बैंक तथा वित्तीय संस्थामा गएर चेक मार्फत रकम फिर्ता लिन सकिने र काठमाडौंबाट आवेदन दिनेले सनराईज क्यापिटल मार्फत भुक्तानी लिनुपर्नेछ ।

यसअघि स्थानीयबासीलाई निष्काशन गरेको साधारण शेयर बाँडफाँडमा नपरेको रकम बिक्री प्रबन्धकले अन्तरबैंक पेमेन्ट सिस्टम (आईपिएस) मार्फत सिधै आवेदकको खातामा पठाइसकेको छ । विविध समस्याका कारण बेंक खातामा फिर्ता भसक्तानी नपाउने आवेदनलाई चेक मार्फत भुक्तानी थालिएको सनराइज क्यापिटलले जनाएको छ ।

माथिल्लो तामाकोशीले आयोजना प्रभावित स्थानीयलाई साउन १६ गतेदेखि भदौ २१ गतेसम्म एक करोड ५ लाख ९० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।