बेष्ट फाइनान्सले साउन १७ देखि एकीकृत कारोबार गर्ने, कति पुग्छ चुक्ता पूँजी ?

Jul 18, 2018 Merolagani

बेष्ट फाइनान्स (BFC) ले साउन १७ गते देखि सिनर्जी फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गरेर एकीकृत कारोबार सुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट गत असार १८ गते एक्विजिसन गर्न स्वीकृती पाएपछि फाइनान्सले एकीकृत कारोबारको मिति तय गरेको हो ।

एक्विजिसन गर्ने सम्बन्धमा दुबै संस्थाहरुको २०७४ चैत २४ गते सम्पन्न छुटाछुटै साधारण सभाले प्रस्ताव पारित गरेका थिए ।

प्राप्ती कार्य तथा दुबै संस्थाका तथ्याङ्कलाई बैंकिङ्ग सफ्टवेयरमा एकिकृत गर्नका लागि साउन १६ गते एक दिन दुबैको कारोबार बन्द हुने जनाइएको छ । 

एकीकृत फाइनान्सको चुक्ता पूँजी ८९ करोड पाँच लाख २४ हजार २३७ रुपैयाँ पुग्नेछ ।

एक्विजिसन पश्चात फाइनान्सको केन्द्रीय कार्यालय, हाल सिनर्जी फाइनान्सको कर्पोरेट कार्यालय रहेको स्थान कमलादी काठमाडौंमा रहनेछ ।

२०५२ सालमा स्थापना भएको तत्कालिन जनरल फाइनान्सलाई राष्ट्र बैंकले २०७० जेठमा समस्याग्रस्त भएको थियो । समस्याग्रस्त संस्थाको रुपमा रहेको फाइनान्स कम्पनीमा एनआरएन समूहको प्रवेशपछि बेष्ट फाइनान्सको नामबाट सञ्चालनमा आएको थियाे।

यस्तै सिनर्जी फाइनान्स तत्कालीन एल्पिक एभरेष्ट फाइनान्स, सीएमबी फाइनान्स र बुटवल फाइनान्स एक आपसमा मर्ज भएर बनेको थियो ।

हाल सिनर्जी फाइनान्सको २५ प्रतिशत हकप्रद (११ लाख८६ हजार २२.४७ कित्ता) बिक्रि खुल्ला रहेको छ । यस हकप्रदमा  अावेदन गर्ने अन्तिम दिन साउन २७ गते रहेकाे छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।