नेशनल माइक्रोको प्रतिशेयर आम्दानी ७१ रुपैयाँ, मजबुत जगेडा कोष

Jul 22, 2018 Merolagani

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था(NMFBS) ले कमाई संगसँगै जगेडाकोष पनि मजबुत बनाउँदै लगेको छ । संस्थाले एकबर्षको अवधिमा जगेडाकोषमा ५ करोड बढोत्तरी गरेको छ भने चुक्ता पूँजी बढेको अनुपातमा प्रतिशेयर आम्दानी समेत सन्तुलनमा राखेको छ ।

संस्थाले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा खुद मुनाफा १८.९३ प्रतिशतले बढाएको छ । बैंकले गत असार सम्ममा ८ करोड ५७ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो बर्षको भन्दा एक करोड ३६ लाख बढी हो ।अघिल्लो बर्ष नेशनलले ७ करोड ११ लाख कमाएको थियो ।

 कम्पनीको संचालन मुनाफा, खुद ब्याज आम्दानी, अन्य संचालन आम्दानी तथा नियमित कारोबारको कमाईमा आएको सुधारले नाफा बढेको हो ।

नाफा बढेपनि कम्पनीको चुक्तापूँजी बढेकाले प्रतिसेयर आम्दानी भने एक रुपैयाँ बढीले घटेको छ । जसको प्रति शेयर आम्दानी ७१ रुपैयाँ २६ पैसा तथा प्रति शेयर नेटवर्थ २४२.०८ रुपैयाँ रहेको छ ।

खराब कर्जाको अनुपात केही बढ्दा पनि कम्पनीको नाफा प्रभावित भयो । उसको खराब कर्जा ०.९२ प्रतिशत छ । जसले सम्भावित जोखिम व्यवस्थापनमा एक करोड ५२ लाख राखेको छ ।

संस्थाको चुक्ता पुँजी १२ करोड ३ लाख छ भने जगेडाकोषमा १७ करोड १० लाख रुपैयाँ राखेको छ । ७४ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन र एक अर्ब ६८ करोड कर्जा सापट लिएको माइक्रोफाइनान्सले दुई अर्ब ४१ करोड कर्जा परिचालन गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।