मेरो माईक्रोफाइनान्सको वित्तीय विवरणमा लापरबाही

Jul 25, 2018 Merolagani

मेरो माईक्रोफाइनान्स (MERO) ले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय बिवरण प्रकाशनमा लापरबाही गरेको पाईएको छ । कम्पनीले त्रुटिपूर्ण वित्तीय बिवरण प्रकाशित गर्दा कम्पनीको छविमा आँच पुग्नुको साथै लगानीकर्ताको विश्वास समेत कम हुने अवस्था आएको छ ।

कम्पनीले गत बर्षको वित्तीय बिवरणमा देखाएको ब्याज आम्दानी र ब्याज खर्चको जोड घटाउको गल्तीले पुरै वित्तीय बिवरण नै डामाडोल बनेको छ । जसले गर्दा कम्पनीको नाफा नोक्सान तथा प्रतिशेयर आम्दानी लगायतका धेरै सूचाङ्कहरु फरक पर्न गएका छन् ।

 

कम्पनीको पुरा वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् 

मेरो माइक्रोफाइनान्सले आफ्नो वित्तीय बिवरणमा गत आर्थिक बर्षमा ५३ करोड १९ लाख ब्याज आम्दानी गरेर २६ करोड १४ लाख ब्याज खर्च देखाएको छ । यो हिसाबले कम्पनीको खुद ब्याज आम्दानी २७ करोड ५ लाख हुनुपर्नेमा ५ करोड ३० लाख कम २१ करोड ७४ लाख मात्र उल्लेख गरेको छ ।

 कम्पनीको खुद ब्याज आम्दानीमा देखिएको अन्तरले कम्पनीका अन्य सूचकहरु गलत हुँदा कम्पनीको वास्तविक प्रगति नै ओझेलमा परेको छ । कम्पनीले आफ्नो वित्तीय बिवरणमा खुद नाफा ९ करोड ४७ लाख देखाएको छ । तर उसको वास्तविक खुद नाफा १४ करोड ७८ लाख हो ।

वित्तीय बिवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँँ १२ पैसा छ । तर उसको वास्तविक प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ६८ पैसा हुन आउँछ ।

 

 

कम्पनीको चुक्ता पूँजी २८ करोड ६० लाख रुपैयाँ छ भने जगेडा कोषमा १५ करोड ८५ लाख रुपैयाँ राखेको छ ।

समय समयमा सूचीकृत कम्पनीहरुले वित्तीय बिवरण प्रकाशन गर्ने क्रममा चरम लापरबाही गर्दै आएका छन् । तर नियामक निकायहरुले गलत वित्तीय विवरण प्रकाशित गरेर लगानीकर्तालाई भ्रममा पार्ने कम्पनीलाई कुनै प्रकारको कारबाही गर्न सकेका छैनन्  ।

लगानीकर्ताले कम्पनीको प्रगति बिवरणको आधारमा नै आफ्नो लगानीको निर्णय गर्ने हुँदा गलत वित्तीय बिवरणहरु प्रकाशित गरिँदा लगानीकर्ताको लगानीको जोखिम समेत बढ्दै जाने गर्छ । यसतर्फ सरोकारवाला निकायहरुको बेलैमा ध्यान जान आवश्यक छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।