पञ्चकन्याको आईपिओ ६८% अावेदकले पाउने, कहिले हुँदैछ बाँडफाँड ?

Jul 25, 2018 Merolagani



पञ्चकन्या हाइड्रोपावर (PMHL) को साधारण सेयर प्रमाणिकरण भएकाे तथ्याङ्क अनुसार ६८ प्रतिशत अावेदकले पाउने भएका छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले शुक्रबार आईपिओ बाँडफाँड गर्ने जनाएको छ ।

कम्पनीले कूल ११ लाख कित्ता सेयर निष्काशन गरेकोमध्ये ४४ हजार कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गर्नेछ ।

पञ्चकन्याले साउन १ देखि ४ गतेसम्म सर्वसाधारणका लागि १० लाख एक हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

अार्इपिअाेमा एक लाख ४६ हजार ३८९ जना आवेदनबाट एक करोड ८४ लाख ७३० कित्ता सेयर प्रमाणिककरण (भेसरफाई) भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले जनाएको छ ।

हाइड्रोपावरको सेयरमा सर्वसाधारणमा निष्काशन भएकाे कित्ताकाे अनुपातमा १८.३८२४ गुणा बढी अर्थात एक अर्ब ८४ करोड ७३ हजार रुपैयाँ बारबरको आवेदन परेको हो ।

धितोपत्र बोर्डले गरेको निर्देशिका अनुसार प्रत्येक आवेदकलाई दश कित्ता सेयरका दरले बाँडफाँड गर्दा एक लाख एक सय जना आवेदक अर्थात ६८.३८ प्रतिशत आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाउनेछन् । बाँकी ४६ हजार २८९ जना अर्थात ३१.६२ प्रतिशत आवेदकको हात भने खाली रहने देखिन्छ ।

पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले जारी पुँजी एक अर्ब १० करोड रुपैयाँको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको हो । हाइड्रोले यसअघि गत माघ ५ गते देखि २३ गते सम्म आयोजना प्रभावित इलामेलीका लागि ११ लाख कित्ता शेयर निष्काशन गरिसकेको छ ।

कम्पनीले इलामको सन्दकपुर गाउँपालिका स्थित माबु, माईमझुवा र सुलुबुङमा अप्पर माई जलविद्युत आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई आयोजना सञ्चालनमा ल्याएको छ भने ६ दशमलव १ मेगावाटको क्यास्केड आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।