चौंतिस कम्पनीको मात्र बढ्यो सेयरमूल्य, २० करोड मुनि कारोबार

Jul 26, 2018 Merolagani

साताको अन्तिम दिन विहीबारको शेयर बजार परिसूचक नेप्से ३.१५ अंकले घटेर ११९१.२० बिन्दुमा झरेको छ । कारोबारमा आएका १६३ कम्पनीमध्ये ३४ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १२९ कम्पनीको सेयरमूल्य घटेको छ ।

बिहीबार ७ लाख ९२ हजार कित्ता सेयर ३ हजार ४९१ पटकको कारोबारबाट १९ करोड ३० लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएका छन् ।

बैंकिङ्ग उपसमूहमा ७ करोड २९ लाख, लघुवित्त ३ करोड ७ लाख, निर्जीवन बीमा, जीवन बीमा, विकास बैंक, जलविद्युत, र अन्य उप समूहमा एक करोड बढीको कारोबार भयो । 

कारोबारमा आएका दश उपसमूहमध्ये होटल बाहेक सबै समूहका परिसूचक घटेका छन् । सोल्टी र तारागाउँ रिजेन्सी दुबै कम्पनीको सेयरमूल्य बढ्दा होटलको इन्डेक्स् ४४ अंकले बढोत्तरी भएको छ ।

सबैभन्दा बढी जीवन बीमा कम्पनीको इन्डेक्स् ४९.०८ अंकले घटेको छ । निर्जीवन कम्पनीको इन्डेक्स् २७.१७ अंक, लघुवित्त १५.१६, र जलविद्युत उप समूहको इन्डेक्स् १४.७९ अंकले ओरालो लागेको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स र अन्यमा सामान्य गिरावट आउँदा उत्पादन तथा प्रशोधनको इन्डेक्स् स्थिर रहेको छ ।

बिहीबार नबिल बैंकको सर्वाधिक एक करोड १९ लाख रुपैयाँको कारोबार भएको छ ।बाँकी कुनै पनि कम्पनीको कारोबार एक करोड नाघ्न सकेन । नेपाल लाईफ, फरवार्ड लघुवित्त, इन्भेष्टमेन्ट बैंक संस्थापक र एनएमबि बैंक शिर्ष कारोबार गर्ने पाँच कम्पनीमा समेटिएका छन् । 

जानकी फाइनान्सको सेयरमूल्य सबैभन्दा बढी ५.२९ प्रतिशतले बढ्दा आरम्भ माईक्रोफाइनान्स, नेपाल हाइड्रो डेभलपर कम्पनी, स्वदेशी लघुवित्त, र सोल्टी होटलको सेयरधनीले ३ प्रतिशत बढीले नाफा कमाएका छन् ।

कन्काई विकास बैंकको सेयरमूल्य सबैभन्दा बढी ४.५४ प्रतिशतले अवमूल्यन हुँदा स्वरोजगार लघुवित्त, एनएमबि हाईब्रिड फण्ड एल १, प्रोगेशिभ फाइनान्स र बेष्ट फाइनान्सको सेयरमूल्य पनि तीन प्रतिशत बढीले घटेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।