फण्डले प्रकाशित गरेको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार कुल १६ करोड ३५ लाख २९ हजार रुपैयाँ नोक्सानीमा पुगेको छ ।
जेठ महिनामा फण्डको नोक्सानी १४ करोड ७४ लाख ३७ हजार रुपैयाँ थियो । जेठमा भन्दा असार मसान्तमा एक करोड ६० लाख ९१ रुपैयाँले धेरै नोक्सानी भएको हो । शेयर बजारमा आएको गिरावटले फण्डको आम्दानी प्रभावित भएको हो ।
फण्डको नोक्सानी बढ्दा प्रति इकाई खुद सम्पत्तिको मूल्यमा समेत ह्रास आएको छ । फण्डको प्रति इकाई मूल्य १३ पैसाले घटेको छ । जेठमा ८ रुपैयाँ ७९ पैसा रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य असारमा ८ रुपैयाँ ६६ पैसामा झरको छ । प्रति इकाई १० रुपैयाँमा बिक्री गरिएको इकाईको मूल्य ८ रुपैयाँ ६६ पैसामा झर्दा लगानीकर्तालाई प्रति इकाई १ रुपैयाँ ३४ पैसा नोक्सानी परेको छ ।
यसअवधिमा फण्डको आम्दानी १३ करोड ८४ लाख ३१ हजार रुपैयाँ ऋणात्मक छ भने दुई करोड ५० लाख ९८ रुपैयाँ खर्च गरेको देखाएको छ ।
१ अर्ब २५ करोड रुपैयाँको कोषले जम्मा ८९ करोड ४० लाख ३९ हजार रुपैयाँ लगानी गरेको छ । फण्डकोे ५६ वटा सूचीकृत कम्पनीमा ६५ करोड ८२ लाख ९६ हजार रुपैयाँ लगानी छ । जसमध्ये नागरिक लगानी कोषको २२ हजार ४२३ कित्ता शेयरमा ५ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ ।
मुद्दती निक्षेपमा १२ करोड ५० लाख रुपैयाँ राखेको फण्डले साधारण बैंक मौज्दातमा १९ करोड ३२ लाख ३१ हजार रुपैयाँ सञ्चित गरेको छ ।