सर्लाहीको महारानी बजारमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

Aug 02, 2018 Merolagani

सनराइज बैंक (SRBL) ले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु-याउँदै जाने उद्धेश्यका साथ आफ्नो २३ औँ शाखारहित बैंकिङ्ग सेवा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं १३, महारानी बजारमा शुरू गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि अमरसिंह कुशवाहालाई पोइन्ट अफ सेल मेसिन बर्दिबास शाखाका प्रबन्धक दिपेश ढकालले हस्तान्तरण गरे । साथै बैंकको बर्दिबास शाखाका प्रवन्धक दिपेश ढकालले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उदेश्य प्रष्ट पारे ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यो सँगसँगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २३ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।