कस्ता कम्पनीले बोनस र कस्ताले नगद लाभांश वितरण गर्छन् ?

Aug 08, 2018 Merolagani

कम्पनीले गर्ने काराेबारकाे प्रकृति र काम अनुसार कम्पनीलार्इ कति चुक्त्ता पूँजी अावश्यक पर्छ भन्ने निधार्रण हुने गर्दछ। समय अनुसार पनि कुन कम्पनीलार्इ कत्राे अाकारकाे चुक्त्ता पूँजी चाहिन्छ भन्ने अावश्यकता खड्किन्छ।यहि पूँजी बढाउने प्रयाेजनका लागि कम्पनीहरूले बाेनस वितरण गर्ने गर्दछन्। 

बाेनस बाँड्न नसक्ने कम्पनीले हकप्रदबाट पूँजी बढाउँछन् । पूँजी बढाउन अावश्यक नहुनेले सेयरधनीलार्इ नगद लाभांश वितरण गर्दछन्।

धेरैजसाे अाफुले गर्ने कामकाे लागि पूँजी प्रयाप्त भएका कम्पनीहरूले भने लगानीकर्तालार्इ लाभांशकाे रूपमा नगद लाभांश नै वितरण गर्ने गर्दछन् ।

कम्पनीलार्इ पूँजी बढाउन अावश्यक भएका कम्पनीले कुनै कम्पनीले बाेनस वितरण गर्दछन्, बाेनसले पूँजी बढाउन जगेडा काेषमा अावश्यक रकम नभएका कम्पनीले हकप्रद जारी गर्नुकाे विकल्प रहन्न । 

कम्पनीहरूले बाेनस वितरण गर्ने कि नगद लाभांश भन्ने निर्णय कम्पनी सञ्चालनक समितले गर्ने निर्णयमा निर्भर रहन्छ । सञ्चालकहरूले नगद लाभांश वितरणमा बढी  जाेड दिने गरेकाे पाइन्छ भने अाम सर्वसाधारण बाेनसमा जाेड दिन्छन् । कतिपय सर्वसाधारण भने बाेनस मात्र बाँड्ने कम्पनीलार्इ राम्राे ठान्दैनन्  । उनीहरू त्यस्ता कम्पनीमा लगानी गर्न पनि रूचि देखाउँदैनन् ।

नेपालकाे लगानीकर्ताकाे भन्दा अन्तर्राष्ट्रिय बजारमा लगानी गर्ने लगानीकर्ताकाे साेचाइकाे प्रवृत्ति ठ्याक्कै विपरित देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा बोनस सेयर वितरण गर्ने अवधारणा ज्यादै न्युन मात्रामा हुन्छ । विश्व बजारका कम्पनीले आफुलाई आवश्यक पर्ने चुक्ता पूँजी पहिले जगेडा गरिसक्ने हुनाले ती कम्पनीहरु सेयर हाेल्डरहरूलार्इ नगद लाभांश वितरण पहिलो प्राथमिकतामा पर्छन् । लगानीकर्ताहरू पनि बाेनस सेयरकाे पछाडि दाैडदैनन् । 

अन्तर्राष्ट्रिय बजाका कम्पनीहरूलार्इ पूँजी बढाउन अावश्यक नहुने हुनाले ती मूलकका कम्पनीहरूमा हकप्रद बिक्री वा बाेनस भन्दा नगद लाभांश वितरणको अभ्यास बढी हुने गरेको हो ।

यसरि पूँजी बढाउन अावश्यक परेमा त्यस्ता कम्पनीले बाेनस सेयर वितरण गर्दछन् भने पूँजी बढाउन अावश्यक नपरेका कम्पनीहरूले  कम्पनीमा लगानी गर्ने सेयरधनीले नगद लाभांश वितरण गर्ने गर्दछन् । बाेनस वितरण गर्दा शेयर संख्यामा वृद्दि हुने हुनाले कम्पनीकाे सेयरमूल्यमा गिरावट अाउने हुन्छ भने नगद लाभांश वितरणले सेयर मूल्यमा कुनै प्रभाव पार्दैन । 

समयक्रमसँगै वा कम्पनीलार्इ पूँजी बढाउन अावश्यक देखेमा वा नियामक निकायहरूले चुक्त्ता पूँजी बढाउन निर्देशन  दिएमा भने नेपाल बाहिरका ती कम्पनीहरूले बाेनस वा हकप्रद सेयर निष्काशन गरेर पूँजी बढाउने गरेकाे पाइन्छ। 

नेपालको सन्दर्भमा नियामक निकायले नै सूचीकृत कम्पनीहरुको चुक्ता पूँजीको आकार बढाएर न्यूनतम चुक्ता पूँजी कायम गर्न निर्देशन दियाे । यस क्रममा पूँजी बढाउन हकप्रदको बाटोमा धेरै बैंक तथा वित्तीय संस्था सक्रिय रहे ।

यस अवस्थामा राष्ट्र बैंकले तोकेर नै बैंकहरूलार्इ न्यूनतम पूँजी कायम गर्न निर्देशन दिएकाे अवस्थामा पूँजी कायम नगरेका कम्पनीलाई लाभांश वापत बोनस सेयर बाँड्नुपर्ने वा हकप्रद बिक्री गर्नुपर्ने  बाध्यता रहन्छ । ताेकिएकाे पूँजी कायम गरिसकेका कम्पनीलाई  भने बोनस वा नगद दुबै बाँड्ने विकल्प रहन्छ ।

नेपालकाे सन्दर्भमा हेर्दा राष्ट्र बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थाको पूँजी बढाएर पूँजीको आकार चार गुणाा बढाउन निर्देशन दिएपछि अहिले धेरैले पूँजी कायम गरिसकेका पनि छन् । जगेडा कोषमा भएको रकम पूँजीकृत गर्न सहज हुने बैंक तथा वित्तीय संस्थाहरुले बोनस वितरण गरेर चुक्ता पूँजी बढाउने काम गरे  भने नहुनेले चार सय प्रतिशतसम्म सेयरधनीलार्इ हकप्रदकाे बाेझ बाेकाए ।

स्टाण्डर्ड चार्टड बैंकले शतप्रतिशत बोनस सेयर नै बाँडेर चुक्ता पूँजी आठ अर्ब पुर्यायो भने जगेडा कोष मजबुत नहुने बैंकहरुले हकप्रद र बोनसबाट पूँजी कायम गरे । कुमारी, एनसीसी,र बैंक अफ काठमाण्डूले भने अझै राष्ट्र बैंकले ताेकेकाे न्यूनतम आठ अर्ब पूँजी कायम गर्न सकेका छैनन् ।

गत आर्थिक बर्ष समाप्त भएर नयाँ आर्थिक बर्षको सुरुवात भएसगै कम्पनीहरुले गत आर्थिक बर्षको वित्तीय विवरण धमाधम प्रकाशित गर्न थालेका छन् । वित्तीय विवरण प्रकाशित हुन थालेपछि सेयर बजारका लगानीकर्तामा बैंक तथा वित्तीय संस्थाले कसले कति बोनस  र कुनले कति नगद वितरण गर्लान् भन्ने चासो र कौतुहलता जागेको छ । 

अहिले सेयर बजारमा लगानी गरेका र चासो राख्ने जो कोहीले सूचीकृत कम्पनीहरुले,कति लाभांश बाँड्लान्, अझ कुन कुन कम्पनीले बोनस र कुन कुनले कति कति नगद लाभांश बाँड्लान् भन्ने चर्चा परिचर्चा सुरु भैसकेको छ । त्यसैमा बढी चासो दिने गरेको पाइन्छ । 

धेरै वाणिज्य बैंक र फाइनान्स कम्पनीहरुले आफ्नो वित्तीय विवरण प्रकाशित गरेपनि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण प्रकाशित गर्नुपर्ने भएपश्चात वाणिज्य बैंकको भने केही ढिलाई भएको छ ।

नयाँ ढाँचा र प्रणालीमा वित्तीय विवरण प्रकाशन गर्नुपर्ने भएपछि राष्ट्र बैंकले वाणिज्य बैंकलाई साउन मसान्तसम्ममा समय थप गरिदिएको छ। हालसम्म एनआईसी एशिया, सिटिजन्स्, ग्लोबल आईएमर्इ,  एभरेष्ट र सिद्धार्थ बैंकले मात्र वित्तीय विवरण सार्वजनिक गरेका छन् । २३ वाणिज्य बैंकको सार्वजनिक गर्न अझै बाँकी रहेको छ । नेपाल बैंकले पुरानै ढाँचामा वित्तिय विवरण प्रकाशित गरेपनि एनएफआरएस अनुसार वित्तिय विवरण प्रकाशन गरेकाे छैन ।

दुर्इ दर्जन विकास बैंक र दुर्इ दर्जन नै लघुवित्त कम्पनीहरूकाे पनि गत अार्थिक बर्षककाे प्रगति विवरण प्रकाशनमा अाइसकेकाे छ । केही बीमा कम्पनीहरूले पनि प्रकाशन गरेका छन् । बीमा कम्पनीहरूमध्ये अधिकांशकाे बाँकी नै छ ।

सूचीकृत कम्पनीहरुको वित्तीय विवरण प्रकाशनको समय भएकाले पनि लगानीतर्काको ध्यान कम्पनीले बाँड्ने लाभांशले नै तान्ने गरेको छ । कुन अवस्थामा बोनस शेयर जारी गर्न मिल्छ र मिल्दैन भन्नेबारेमा बोनस शेयर निष्काशन निर्देशिकाले स्पष्ट व्यवस्था गरेको छ ।

फर्स्ट माइक्राेफाइनान्स कम्पनीले गत अार्थिक बर्षकाे नाफाबाट शेयरधनीलार्इ नगद लाभांश मात्र प्रस्ताव गरेकाे छ । थाेक लघुवित्त कर्जा प्रवाह गर्ने यस कम्पनीले राष्ट्र बैंकले ताेकेकाे न्यूनतम चुक्त्ता पूँजी ६० कराेड पुर्याइसकेकाले बाेनसलार्इ भन्दा नगदमा जाेड दिएकाे हाे । तर पूँजी पुर्याएका सबै कम्पनीले नगद  लाभांश नै  बाँड्छन् भन्ने चाँही हुँदैन ।

कम्पनीले अाफुले गर्ने लगानी क्षमता र अावश्यकतालार्इ  हेरेर कति पूँजी चाहिन्छ निर्काेल गर्दछन् । र भविष्यमा अावश्यक हुने पूँजीलार्इ समेत मध्यनजर गरेर सेयरधनीलार्इ  बाेनस वा नगद लाभांश जुनसुकै वा दुबै बाँड्न सक्छन् ।

बोनस सेयर के हो ?

कम्पनीले आर्जन गरेको अर्थात् कमाएको नाफाबाट आफ्ना सेयरधनीलाई बाँडिने नाफाको अंशलाई लाभांश (लाभको अंश) भनिन्छ । लाभांश सेयर वितरण वा नगद दुई किसिमबाट वितरण गरिन्छ । यदि लाभांश नगदमा बाँडिन्छ भने त्यसलाई नगद लाभांश भनिन्छ । यदि लाभांशलाई सेयरमा बाँडिन्छ वा वितरण गरिन्छ भने त्यसलाई स्टक डिभिडेन्ड वा बोनस सेयर भनिन्छ ।

कम्पनीको बचत वा जगेडा कोषलाई पूँजीकरण गर्नका लागि बिद्यमान अवधिमा कायम भएका सेयरधनीलाई यसप्रकारको थप शेयर (बोनस सेयर) बाँडिन्छ र कम्पनीको चुक्ता पूँजी वृद्धि गरिन्छ ।

कम्पनीको विद्यमान शेयरधनीहरूलाई विना कुनै मूल्य वितरण गरिने शेयर लाई बोनस शेयर भनिन्छ । यस्तो शेयर कम्पनीको मुनाफाबाट बाँड्न योग्य मुनाफाको रकमबाट बाँड्ने गरिन्छ ।

बोनस शेयर सामान्यतया शेयरधनीले लिएको शेयर संख्याको आधारमा वितरण गरिन्छ । बोनस शेयरले कम्पनीको जारी शेयरको संख्यालाई बढाउने गर्दछ । बोनस शेयर जारी गर्दा कम्पनीको मुनाफा वा जगेडाको रकमलाई पूँजीमा परिणत गर्ने गरिन्छ ।

नगद लाभांश र बोनस सेयर कुन धेरै फाइदाजनक ?

लगानीकर्ताले प्रतिफल पाउने हिसाबले बोनस सेयर बजारमूल्यमा बिक्री गर्दा नगद लाभांशको तुलनामा बढी प्रतिफल प्राप्त गर्न सक्दछन् । त्यसैले नेपालमा नगद लाभांश वितरण गर्ने कम्पनीभन्दा बोनस वितरण गर्ने कम्पनीको सेयरमा लगानीकर्ता बढी आकर्षित हुने गरेको पाइन्छ ।

तर अन्तर्राष्ट्रिय बजारमा  लगानीकर्ताहरू भने बाेनस भन्दा नगद लाभांशमा नै जाेड दिने गरेका देखिन्छन् । कम्पनीहरुले नगद लभांश वितरण गर्दा प्रतिकित्ता सेयरको एक सय रुपैयाँ अंकित मूल्यका आधारमा कति रुपैयाँ लाभांश वितरण गर्ने भन्ने विषयका आधारमा कम्पनीहरुले निष्कर्ष निकाल्छन् ।

नगद लाभांशको सेयर बजारसँग प्रत्यक्ष सम्बन्ध नहुने भएकाले जति लाभांश घोषणा हुन्छ त्यति मात्र लगानीकर्ताको हातमा आउँछ । प्रतिसेयर आम्दानीभन्दा बढी लाभांश चाँही कम्पनीहरुले विशेष अवस्थामा जगेडा कोषको आकार हेरेर मात्र वितरण गर्ने गर्दछन् ।

जगेडा पूँजीकरण गर्न आवश्यक भएको खण्डमा कम्पनीले बोनस पनि प्रतिसेयर आम्दानीको हाराहारीसम्म प्रतिशतमा वितरण गर्न सक्छन् । यसरी बोनस वितरण गर्दा कम्पनीले अंकित मूल्यका आधारमा वितरण गरे पनि लगानीकर्ताले दोस्रो बजारको मूल्यमा त्यस्तो सेयर बिक्री गर्न पाउँछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।