आरएमडिसीको पूँजीभन्दा जगेडा दोब्बर, प्रतिशेयर आम्दानी ६ रुपैयाँ बढ्यो

Aug 03, 2018 Merolagani

लघुवित्तको थोक कर्जा प्रदायक संस्था रुलर माईक्रोफाईनाइन्स (RMDC) को चुक्ता पूँजीको तुलनामा जगेडा कोष आकर्षक देखिएको छ । ७२ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा चुक्ता पूँजीको झण्डै दोब्बर अर्थात एक अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा पूँजी स्थिर रहेको माईक्रोफाईनाइन्सको जगेडा कोष २१.९४ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक बर्षमा २५ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो बर्ष कम्पनीले २१ करोड १२ लाख खुद नाफा कमाएको थियो ।

पूँजी स्थिर भएपछि माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी अघिल्लो बर्षभन्दा ६ रुपैयाँ ३४ पैसा बढेर ३५ रुपैयाँ ४१ पैसा पुगेको छ । लघुवित्तहरुलाई कर्जा प्रवाह गर्ने कम्पनी भएकाले कम्पनीले निस्क्रिय कर्जालाई शुन्य प्रतिशतमा कायम राख्दिै आएको छ ।

समीक्षा अवधिमा ५ अर्ब ६१ करोड ९७ लाख रुपैयाँ सापटी लिएर ६ अर्ब ८४ करोड आठ लाख कर्जा प्रवाह गरेको छ । यस अवधिमा लघुवित्तले ४० करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत बर्षको यसै अवधिमा कम्पनीले ३४ करोड ०५ लाख खुद ब्याज आम्दानी कमाएको थियो ।

कर्मचारी खर्च र अन्य सञ्चालन खर्च वृद्धिलाई नियन्त्रण गरेको कम्पनीले ७ करोड ३७ लाखले सञ्चालन नाफा बढाएको छ । 

खर्च कटौती र क्रमबद्ध प्रगति गर्दै आएको यस माइक्रोफाइनान्सले जोखिम बहन क्षमता र संस्थागत सुशासन कायम गदै लगानीकर्तालाई प्रतिफल दिने क्ष्मता कसरी बढाउनुपर्छ भन्ने पाठ अन्य लघुवित्तलाई समेत सिकाएको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

कम्पनीको प्रतिसेयर नेटवर्थ २९७ रुपैयाँ ०८ पैसा, पूँजी कोष अनुपात २५.२६ प्रतिशत र मूल्य आम्दानी अनुपात १६.६७ गुणा मात्र बढी रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।