स्ट्यान्डर्ड चार्टर्डको प्रतिशेयर आम्दानी दश रुपैयाँ घट्यो, कति गर्यो कमाई ?

Aug 15, 2018 Merolagani



स्ट्यान्डर्ड चार्टर्ड बैंक (SCB) ले गत आर्थिक बर्षमा दुई अर्ब एक करोड वितरण योग्य नाफा कमाएको छ । अघिल्लो बर्ष शतप्रतिशत बोनस बाडेको बैंकले पूँजी बढेको अनुपातमा कमाई बढाउन नसक्दा प्रतिशेयर आम्दानीमा ह्रास आएको छ । बैंकको प्रतिशेयर आम्दानी दश रुपैयाँले घटेको छ ।

बैंकले गत आर्थिक वर्षमा २ अर्ब १ करोडरुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ३८ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको नाफा ४६ प्रतिशतले बढी हो ।

बैंकले एनएफआरएस अनुसार प्रकाशित गरेको वित्तीय विवरण अनुसार यसअवधिमा ४ अर्ब ९६ करोड ब्याज आम्दानी गरेर एक अर्ब ६२ करोड ब्याज खर्च गरेको छ भने ३ अर्ब ३१ करोड खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै शुल्क र कमिशनबाट ६६ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले गत आर्थिक वर्षसम ६७ अर्ब ३८ करोड निक्षेप संकलन गरी ४७ अर्ब ७ करोड कर्जा लगानी गरेको छ । आठ अर्ब एक करोड चुक्ता पूँजी भएको बैंकको जगेडाकोषमा ६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ८८ पैसा छ । अघिल्लो वर्ष बैंकको प्रतिशेयर आम्दानी ३५.४९ रुपैयाँ रहेको थियो ।

बैंकको निष्क्रिय कर्जा ०.१८, निक्षेप लागत बढेर ४.३१, कर्जा निक्षेप अनुपात ७१.६८, आधारदर बढेर ७.८७ प्रतिशत पुगेको छ । बैंकको प्रति शेयर नेटवर्थ १७३.४६ रुपैयाँ रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




निफ्राले गर्यो नगद लाभांश घोषणा

Sep 05, 2025 10:17 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।