सबैभन्दा धेरै चुक्ता पूँजी भएको लघुवित्तको नाफा घट्यो, जगेडा भने आर्कषक

Aug 16, 2018 Merolagani

शेयर बजारमा सूचीकृत भएका लघुवित्त कम्पनीहरुमध्ये सबैभन्दा धेरै चुक्ता पूँजी भएको निर्धन उत्थान लघुवित्त(NUBL) ले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा दुई करोड ४१ लाख रुपैयाँले घटेको छ ।

लघुवित्तको नाफा ४.१४ प्रतिशतले घटेको हो। अघिल्लो बर्ष ५८ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरको कम्पनीले गत आर्थिक बर्षमा ५५ करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेको छ । लघुवित्तको ब्याज खर्चको भार र नोक्सानी व्यवस्थापन खर्च वृद्धि हुँदा लघुवित्तको खुद नाफमा गिरावट आएको हो ।

दुई अर्ब ५२ करोड ३५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको लघुवित्तले एक अर्ब २१ करोड ८८ लाख रुपैयाँ ब्याज खर्च गरेको छ भने एक अर्ब ३० करोड ४६ लाख खुद ब्याज आम्दानी गरेको छ ।

एक अर्ब चुक्ता भएको लघुवित्तको जगेडा कोषको आकार बढाएर एक अर्ब २५ करोड पुर्याएकोे छ । लघुवित्तले आठ अर्ब ५७ करोड दुई लाख रुपैयाँ निक्षेप संकलन गरेर १५ अर्ब ४५ करोड १९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । साथै उसले बैंक तथा वित्तीय संस्थाहरुबाट ६ अर्ब ६४ करोड सापटी लिएको छ ।

लघुवित्तको खराब कर्जा बढेर ०.९२ प्रतिशत पुगेको छ । लघुवित्तको कोषको लागत भने ९.०७ बाट ८.३५ प्रतिशतमा झरेको छ ।

लघुवित्तको प्रति सेयर आम्दानी ५५ रुपैयाँ ९२ पैसा छ । मुल्य आम्दानी १८.३१ गुणा छ भने प्रति सेयर नेटवर्थ २२५ रुपैयाँ १० पैसा रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।