३६ दिनपछि सुल्झियाे समस्या, बुधबार झण्डै साढे चार करोड कित्ता सूचीकरण

Aug 22, 2018 Merolagani

सूचीकरण शुल्क कटौतीको लफडामा अल्झिएको धितोपत्र सूचीकरण ३६ दिनपश्चात भदौ ६ गते बुधबारबाट सुल्झिएको छ । बोर्डले संसोधन गरेर पठाएको ’धितोपत्र सूचीकरण विनियमावली, २०७५’ लाई नेप्से सञ्चालक समितिको बैठक बसेर पारित गरेपश्चात सूचीकरणको काम सुचारु भएको हो ।

शेयर बजारका प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीहरुले नेप्सेलाई तिर्नुपर्ने सूचीकरण शुल्क कटौती गरिदिएपछि नेपाल स्टक एक्सचेञ्जले सूचीकरणको काम बन्द गरेको थियो । 

सूचीकरण शुल्क कटौतीले नेप्से सञ्चालनमा नै समस्या आउने भन्दै शुल्क नघटाउन बोर्डलाई आग्रह गरेपछि बोर्डले साउन अन्तिम साता बोर्ड बैठक बसेर ’धितोपत्र सूचीकरण विनियमावली, २०७५’ संसोधन गरेर स्वीकृत गरेपछि सूचीकरणको बाटो खुला भएको थियो ।

सूचीकरण बन्द हुँदा दर्जन बढी कम्पनीको हकप्रद, बोनस तथा आईपिओ सूचीकृत हुन पाएको थिएन । जसले लगानीकर्ताको करोडौं सम्पत्ति समेत बन्धक बन्दै आएको थियो ।

नेप्सेमा बुधबार एकै दिन चार करोड ४१ लाख ७२ हजार ८८६.०२ कित्ता शेयर सूचीकृत भएको छ । ३ वाणिज्य बैंक, ४ विकास बैंक र २ लघुवित्त कम्पनीले गरी ९ कम्पनीको शेयर बुधबार सूचीकृत भएको छ ।

एनएमबि बैंक एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ, सिद्धार्थ बैंक ९५ लाख ५६ हजार ५६४.०२ कित्ता बोनस शेयर र हिमालयन बैंकको एक करोड ६२ लाख २९ हजार ५९ कित्ता बोनस गरी वाणिज्य बैंकहरुको तीन करोड ७२ लाख ७८६.०२ कित्ता नेप्सेमा सूचीकृत भएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकको ३३ लाख ९७ हजार ५०० कित्ता हकप्रद शेयर, हाम्रो विकास बैंकको तीन लाख ३४ हजार ८८८ कित्ता बोनस, भार्गव विकास बैंक २१ लाख १२ हजार २०० कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । त्यसैगरि काबेली विकास बैंकले माउण्ट मकालु प्रप्तिपछि ९ लाख १२ हजार ९१२ कित्ता शेयर सूचीकृत गरेको छ ।

यसैगरि सूर्योदय लघुवित्तको ७६ हजार कित्त बोनस र मिर्मिरे लघुवित्त एक लाख ३८ हजार ६०० कित्ता बोनस शेयर पनि बुधबार नै नेप्सेमा सूचीकृत भएको छ ।

सेयर सूचीकरण नहुँदाको समस्यालाई धितोपत्र बोर्डका अध्यक्षले ‘खुराक’ भनेर उडाए पछि...

नेप्सेको बार्गेनिङ्ग पछि धितोपत्र बोर्डले सच्यायो सूचीकरण शुल्क

सेयर सूचीकरणमा धितोपत्र बोर्डको नयाँ व्यवस्था, के छ विशेष ?

बोर्ड र नेप्सेको जुहारीले लगानीकर्ताको करोडौं सम्पत्ति बन्धक, के हो लफडा ?

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।