बजेट कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीको निर्देशन

Aug 24, 2018 Merolagani

वित्तीय पहुँचका लागि घुम्ति बैंक सेवा उपलब्ध गराउन सुझाब
अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट कार्यान्वयन प्रभावकारी बनाउन निर्देशन दिएका छन् । आर्थिक बर्ष २०७४/७५ को बार्षिक प्रगति समीक्षा एंव मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैंठकमा अर्थमन्त्री खतिवडाले उक्त निर्देशन दिएका हुन् ।

 

अर्थमन्त्री खतिवडाले अर्थ मन्त्रालय र मातहतका निकायहरुबाट सम्पादन हुने कार्यहरु अझ बढी दक्ष, प्रभावकारी, गुणस्तरीय तथा मापन योग्य बनाउन जोड दिनुपर्ने बताएका छन् ।

बजेट कार्यान्वयन र प्रभावकारी बनाउन मासिक रुपमा प्रगति समीक्षा गर्न र सरकारले उपलब्ध गराउनु पर्ने अनुदान एकद्धार प्रणालीबाट प्रदान गर्न पनि निर्देशन दिए ।

वित्तीय पहुँचका लागि घुम्ति बैंक सेवा उपलब्ध गराउन सुझाव

त्यसैगरी अर्थमन्त्रीले जनतालाई वित्तीय पहुँच पुर्याउन घुम्ति बैंकबाट सेवा उपलब्ध गराउन राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालको ध्यानकर्षण गराए । साथै उनले विप्रेषण आयलाई औपचारीक माध्यमबाट भित्रयाउन सरकारी तवरबाट थप जोड दिनुपर्ने बताए ।

सरकारी खर्च प्रणालीमा प्रभावकारीता अभिवृद्धि गर्न र मन्त्रालय मातहतका निकायहरुको कार्ययोजनाहरु पुरा गर्न थप तीव्रता दिन र नतिजामा केन्द्रीत रहनुपर्नेमा उनको जोड थियो ।

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले सरकारको नीति तथा कार्यक्रम र वजेट प्रभावकारी रुपमा कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले गर्नुपर्ने जिम्मेवारी समयमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

comments powered by Disqus