नेप्सेमा साताभरीमा भएको यस्तो हो, जुन कुरा नेप्सेको साप्ताहिक रिपोर्टसँग कतै मेल खाँदैन

Sep 15, 2018 Merolagani

साताभरीमा सेयर बजार परिसूचक नेप्से १५ दशमलव ०७ अंकले उकालो लागेको छ । तर नेप्सेले आफ्नो साप्ताहिक रिपोर्टमा २५.८६ अंकले बढेको उल्लेख गरेको छ । 

त्यसैगरी नेप्सेको रिपोर्ट अनुसार कारोबारमा आएको सेयर संख्या १ करोड २ लाख ५५ हजार ६ सय ८० कित्ता भएपनि त्यो संख्या नेप्सेको साताभरीको कारोबारमा आएका सेयर संख्याका आधारमा ७६ लाख ४९ हजार ८७० कित्ता मात्र हुन आउँछ । 

यस साता नेपाल स्टक एक्सचेन्जमा १८६ कम्पनीहरुको कारोबार भएको नेप्सेको रिपोर्टमा उल्लेख छ । यहाँ पनि संस्थापक सेयरको कारोबार हुँदा फरक कम्पनीका रुपमा गणना हुने गर्छ । त्यसले पनि कारोबार  हुने कम्पनीको संख्या वास्तविक हुने गरेको छैन ।

नेप्सेले अघिल्लाे साता १९३ कम्पनीका सेयरहरु कारोबार भएको उल्लेख गरेको छ । यस्तो बेलामा नेपाल इन्भेष्टमेण्ट बैंक, नबिल बैंक, राष्ट्रिय बीमा कम्पनी लगायतको संस्थापक सेयरको कारोबारलाई पनि फरक कम्पनीका रुपमा गणना गर्दा एउटै कम्पनी २ पटक गणना हुने गरेको छ । जसले सेयर कारोबार हुने कम्पनीको संख्या फरक परेर धेरै हुने गरेको छ ।

यस साता २३ हजार ६११ कारोबारबाट दुई अर्ब १० करोड १५ लाख ६५ हजार रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार ६८० कित्ता सेयरहरु खरिद बिक्री भएको नेप्सेको साप्ताहिक रिपोर्टमा उल्लेख छ । उल्लेखित तथ्याङ्कमा पनि कारोबार रकम बाहेकका कारोबार संख्या र सेयर संख्याको विबरण मेल खाँदैन ।

साताभरीमा नेप्सेमा २४ हजार ६५ वटा कारोबारबाट २ अर्ब १० करोड १५ लाख ६५ हजार ९४५ रुपैंयाका सेयर ७६ लाख ४९ हजार ८७० कित्ता सेयरहरु मात्र कारोबार भएका छन् । नेप्सेको उल्लेखित साप्ताहिक रिपोर्टमा कारोबार संख्या ४५४ वटा कम छ भने कारोबारमा आएका सेयर संख्या २६ लाख ५ हजार ८१० कित्ताले बढी छ ।

यो विबरण हेर्दा नेप्सेको रिपोर्टमा कारोबार संख्या घटेको देखिन्छ भने कारोबारमा आएका सेयरको संख्या बढेको देखिन्छ ।

उल्लेखित तथ्य नेप्सेको वेबसाइटमा कारोबार समय पछि आउने साताभरीको विबरणका आधारमा तुलना गरिएको हो ।

साप्ताहिक कारोबार रकम मिलेको हुनाले अघिल्लो साताकाे कारोबार रकमको विबरण पनि मिलेको आँकलन गर्दा नेप्सेको साप्ताहिक रिपोर्टमा उल्लेख भएको कारोबार रकमको गिरावट प्रतिशतलाई ठीक मान्न सकिन्छ । जस अनुसार गत साताको तुलनामा कारोबार रकम २७ दशमलव १७ प्रतिशतले घटेकाे छ ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २५.८६ अंकले बढेर अन्तिम दिन १२४४.८४ अंकमा पुगेको नेप्सेको रिपोर्टमा उल्लेख भए पनि पहिलो दिन आइतबार बजार खुल्दाको १२२९.७७ अंकका आधारमा हेर्दा साताभरीमा बजार १५.०७ अंकले मात्र बढेको छ । तर उसले रिर्पाेटमा अाइतबारकाे गिरावटलार्इ छाडेर गणना गरेकाे छ ।

...[नेप्सेको साप्ताहिक रिर्पोटमा बर्षौदेखि त्रुटी, आइतबारको इण्डेक्स गणना खै ?]...

मूख्यतया: नेप्सेले सप्ताहिक रिपोर्टमा उल्लेख गर्ने समुहगत परिसूचकहरुको उतार-चढावको तथ्याङ्कमा वास्तविक विबरण राखिएको देखिँदैन । नेप्सेले साप्ताहिक रिपोर्टमा सार्वजनिक गरेको सूचकहरुमा देखिएको फरकलाई यसरी प्रस्तुत गरिएको छ । जहाँ हरियो रंग लगाइएको तथ्यमा आइतबारको परिवर्तन पनि समेटिएको छ भने हरियोभन्दा माथिल्लो तथ्यमा नेप्सेले उल्लेख गरेकाे सप्ताहिक विबरण राखिएको छ ।

नेप्सेकाे सप्ताहिक रिपाेर्ट र वास्तविक विवरणमा समूहगत परिसूचकका अाधारमा वाणिज्य बैंककाे इन्डेक्समा ७.१६, विकास बैंक १५.३२, वित्त १.०३,लघुवित्त  २४.९३,हाेटल ४.२३ ,जलवविद्युत  १४.४३,जीवन बीमा  ६७.४२, निर्जीवन बीमा  ८५.९४,उत्पादन  ६.८१,व्यापार  ०.४२, अन्य  ८.०८ र सेन्सेटिभ इन्डेक्समा २.१९ अंककाे अन्तर रहेकाे छ । त्यस्तै नेप्से परिसूचकमा देखिएकाे १०.७९ अंककाे अन्तर पनि अाइतबार घटेकाे थियाे ।

 

नेप्सेको साप्ताहिक रिपाेर्ट अनुसार कारोबार रकमका आधारमा यस साता १७ करोड ४५ लाख ६० हजार रुपैयाँको कारोबारबाट एनआइसी एसिया बैंकको सेयर अधिक कारोबार भएको उल्लेख छ ।

त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा ४ लाख ३९ हजार कित्ता सेयर कारोबारका आधारमा एनआईसी एशिया बैंक नै पहिलो स्थानमा रहेको छ भने कारोबार संख्याका आधारमा पनि १ हजार ११४ वटा कारोबारबाट एनआइसी एसिया बैंक नै पहिलो स्थानमा रहेको रिपोर्टमा उल्लेख छ ।

ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार नभएको बजारमा साताभरीमा २१ लाख २३ हजार २१ कित्ता सेयरहरु सूचीकृत भएका छन् ।

नेप्सेले एउटै स्थानमा प्रवाह गर्ने तथ्यांकहरुमा फरक पर्दा आम लगानीकर्ता अलग अलग सूचनाका आधारमा अध्ययन गरिरहेका छन् । कतिपयले यस्तो तथ्यांकमा देखिएको अन्तरलाई थाहा पाएर रिपोर्टहरु हेर्ने गरेका छैनन् । यस अर्थमा आफ्नो विश्वसनियता बढाउँदै लगानीकर्तामा सही सूचना पुर्याउन नेप्सेले रिपोर्ट बनाउँदा विशेष ध्यान दिनु पर्ने टड्कारो आवश्यक्ता देखिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।