गरिमा विकास बैंकको शेयरमूल्य समायोजन

Sep 30, 2018 Merolagani

गरिमा विकास बैंक (GBBL) को आइतबार शेयरमूल्य समायोजन भएको छ। बैंकको गत आर्थिक बर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशत बोनसपछि शेयरमूल्य समायोजन भएको हो ।

नेपाल स्टक एक्सचेञ्जले बैंकको बोनसपछि प्रतिकित्ता शेयरमूल्य १८७ रुपैयाँ २७ पैसा निर्धारण गरेको छ । समायाेजित मूल्यलार्इ अाधार मानेर बैंककाे अाइतबार शेयर काराेबार सूचारू हुनेछ । नेप्सेमा १८० दिन कारोबार भएको मूल्यको आधारमा बैंकको औसत आधारमूल्य २१८.१४ रुपैयाँ कायम भएको नेप्सेले जनाएकाे छ । 

गरिमाले शेयरधनीहरुलाई गत बर्षको कमाईबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस तथा ३.७५ प्रतिशत नगद गरि कूल १३.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

सो बोनस पारित गर्न बैंकले असोज २६ होटल पोखरा ग्रान्ड विरौटामा बिहान १०ः३० बजे १२ औं साधारण सभा आह्वान गरेको छ ।

बैंकको सभाले २५ करोड ३४ लाख ८८ हजार रुपैयाँको बोनस शेयर तथा ९ करोड ५० लाख ५८ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरि अन्य संस्थासँग मर्जर तथा एक्विजिसनका लागि आवश्यक प्रकृया अगाडि बढाउन सम्पूर्ण अधिकार सञ्चालक समिति प्रदान गर्ने मुख्य एजेण्डा साधारण सभामा रहेको छ ।

बोनस पश्चात गरिमाको चुक्ता पूँजी २ अर्ब ७८ करोड ८३ लाख ६७ हजार रुपैयाँ पुग्नेछ । बैंकको बोनस शेयर साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।