कञ्चन र मितेरी डेभलपमेण्ट दुबैले बढाए खुदा नाफा

Oct 25, 2018 Merolagani

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कञ्चन र मितेरी दुबै डेभलपमेण्ट बैंक दुबैले आफ्नो खुद नाफामा सुधार गरेका छन् । कञ्चनले गत आर्थिक बर्षको तुलनामा १९ लाख तथा मितेरीले २३ लाख रुपैयाँले खुद नाफा बढाएका छन् ।

कञ्चन डेभलपमेण्ट बैंक (KADBL) ले तीन महिना अवधिमा १ करोड १९ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

यो गत आर्थिक वर्षको तुलनामा १९ लाख रुपैयाँले बढी हो । गत आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले १ करोड ६८ हजार रुपैयाँ खुद नाफा गरेको थियो । 

यस अवधिमा बैंकले ४ अर्ब ३० करोड निक्षेप संकलन गरी ३ अर्ब ७९ करोड कर्जा प्रवाह गरेको छ । बैंकले व्याज वापत १२ करोड ५९ लाख रुपैयाँ कमाएको छ भने ७ करोड ७८ लाख रुपैयाँ व्याज खर्च गरेको छ । जसबाट ४ करोड ८० लाख खुद ब्याज आम्दानी गरेको छ ।

चुक्ता पुँजी ५० करोड ६० लाख रुपैयाँ रहेको बैंकले जगेडा कोषमा १४ करोड २१ लाख रुपैयाँ सञ्चित गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७६.६४ प्रतिशत र खराब कर्जा अनुपात ०.८० प्रतिशत छ ।

यस्तै प्रतिशेयर आम्दानी ९.४८ रुपैयाँ, प्रति शेयर नेटवर्थ १२८.१० रुपैयाँ र मूल्य आम्दानी अनुपात १८.७९ गुणा बढी रहेको छ ।

मितेरीको खुद नाफा साढे दुई करोड बढी

मितेरी डेभलपमेन्ट बैंक (MDB) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको यहि अवधिमा २ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालू आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा बैंकले ३ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस अवधिमा बैंकले १४ करोड ३७ लाख रुपैयाँ ब्याजवाट कमाएको छ भने व्याज वापत ८ करोड ७७ लाख रुपैयाँ खर्च गरेको छ । जसबाट बैंकले ५ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ । जुन गत बर्षको यसै अवधिको तुलनामा एक करोड २८ लाख बढी हो ।

५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २२ करोड ६६ लाख रुपैयाँ सञ्चित छ । कर्जा निक्षेप अनुपात ७५.०५ प्रतिशत रहेको यस बैंकको खराब कर्जा अनुपात ०.१३ प्रतिशत मात्र छ ।

बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ५१ पैसा, प्रति शेयर नेटवर्थ १४५ रुपैयाँ ३३ पैसा र मूल्य आम्दानी अनुपात १४.४३ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।