आईपिओ निष्काशन गर्न लागेको इन्फिनिटी लघुवित्तको यस्तो आयो प्रगति विवरण

Oct 28, 2018 Merolagani

सर्वसाधारणका लागि ६ लाख कित्ता आइपिओ निष्काशन गर्न लागेको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गतबर्षको यसै अवधिमा संस्था दश लाख ८७ हजार घाटामा थियो ।

ब्याज आम्दानी उच्च रुपमा बढेपछि कम्पनीको नाफामा उच्च सुधार आएको हो । १४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १ करोड १९ लाख रुपैयाँ छ ।

चालू आवको पहिलो त्रैमाससम्ममा ७२ करोड २५ लाख रुपैयाँ सापटी लिएको संस्थाले ३२ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेर एक अर्ब ३ करोड ६२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
संस्थाको खराब कर्जा अनुपात ०.६५ प्रतिशत मात्रै रहेको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरको ६ करोड बराबरको लागि ६ लाख कित्ता आईपिओ निष्कासन गर्देछ । जसका लागि उसले सिभिल क्यापिटल मार्केट लि. लाई निष्काशन तथा विक्री प्रवन्धकमा नियुक्त गरिसकेको छ ।

आइपिओ निष्काशन पश्चात कम्पनी चूक्ता पूँजी २० करोड कायम हुनेछ भने संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने छ ।

 

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।