माथिल्लो तामाकोशीको शेयर बाँडफाँड हुँदै, वर्गअनुसार कम्तिमा ३४ देखि १०२ कित्ता पाउने

Oct 31, 2018 RSS

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजनाबाट प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको साधारण शेयर (आइपीओ) चार महीनापछि कात्तिक १४ गते मंगलबार बाँडफाँड गर्ने भएको छ ।

गत साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महीनापछि शेयर बाँडफाँड गर्न लागेको हो । आयोजनाले गत साउन १४ गतेदेखि भदौ १६ गतेसम्म दोलखावासीका लागि शेयर निष्काशन गरेको थियो ।

आयोजना प्रभावित क्षेत्रका आधारमा 'क', 'ख' र 'ग' गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर आवेदनका लागि निष्काशन गरिएकामा दुई लाख ७६ हजार आवेदकले आवेदन दिएका थिए ।

आयोजना प्रभावित क्षेत्रका आधारमा बाँडफाँड हुने शेयरमा 'क' वर्गको क्षेत्रका आवेदनकर्ताले कम्तिमा १०२ कित्ता, 'ख' वर्गकाले ४८ कित्ता र 'ग' वर्गकाले न्यूनतम ३४ कित्ता पाउने सम्भावना रहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।

शेयर बाँडफाँडमा परेर बाँकी रहने आवेदकको रकम अबको पाँच दिनभित्र आवेदन भरेको खातामार्फत नै फिर्ता हुने न्यौपानेले बताए ।

पहिलो चरणको समयावधिमा पनि शेयर आवेदनकर्ताको भीड नघटेपछि थप पाँच दिन शेयर आवेदन भर्ने व्यवस्था मिलाइएको थियो । शेयर आवेदन दिएकामध्ये १० जनाले दुई स्थानबाट आवेदन गरेकाले उनीहरूको आवेदन रद्द हुने प्रवक्ता न्यौपानेले बताए।

कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि एक करोड पाँच लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो । सर्वसाधारणलाई बिक्री गरिने दुई करोड ६४ लाख ७५ हजार कित्तामध्ये एक करोड पाँच लाख ९० हजार कित्ता स्थानीयलाई बिक्री गरिएको थियो ।

आयोजनाले यहि कात्तिक १५ गतेदेखि सर्वसाधारणलाई एक अर्ब ५८ करोड ८५ हजारको शेयर बिक्री गर्दैछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।