माथिल्लो तामाकोशीको शेयर खुल्यो, हजार कित्तासम्म आवेदन गर्न सकिने

Nov 01, 2018 Merolagani

माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीले कात्तिक १५ गतेदेखि सर्वसाधारणमा एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँको साधारण शेयर (आईपिओ) खुला गरेको छ। कम्पनीले चुक्ता पूँजीको १५ अर्थात एक सय रुपैयाँ अंकित दरका एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

यस आईपिओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रहेको छ ।

आईपिओमा कात्तिक १९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा आवश्यकता अनुसार मंसिर १४ गतेसम्म आवेदन लम्बिन सक्छ । 

धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आईपिओमा आवेदन गर्न सकिने व्यवस्था रहेको छ । मेरो शेयर प्रयोगकर्ताले पनि अनलाईबाटै आवेदन दिन सक्नेछन् । आईपिओ बिक्री गर्न सेयर विक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गरेका छन् ।

तामाकोशीले यसअघि नै दोलखाका स्थानीयबासीका लागि चुक्ता पूँजीको १० प्रतिशत अर्थात एक करोड पाँच लाख ९० हजार कित्ता शेयर निष्काशन गरेर बुधबार बाँडफाँड गरिसकेको छ । यस शेयरको बाँडफाँड पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो ।

आयोजनाको लागत दोब्बर पुग्दा महङ्गो बन्दै अायाेजना

दोलखाको गौरीशङ्कर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित आयोजनाको अनुमानित लागत भने दोब्बर पुग्ने भएको छ ।

माथिल्लो तामाकोशीको लागत प्रति मेगावाट पाँच करोड बढ्ने, सस्ताे अायाेजना यसरी हुँदैछ महङ्गो

पटक पटक मिति सारेर यहि वर्षको पुसबाट पूर्ण सञ्चालनमा आउने बताइएको यस आयोजनाको २०७६ असारमा परिक्षण र कार्तिकमा व्यवसायिक सञ्चालनमा आउने आयोजनाका प्रमुख श्रेष्ठले जानकारी दिए ।

बुधबार नेपाल बिद्युत प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भूकम्प र नाकाबन्दीले नै आयोजना पछाडि धकेलिएको जिकिर गरे 

आयोजनाको पूर्व स्वीकृत लागत ३५ अर्ब २९ करोड भएपनि आयोजनाको समयावधि लम्बिँदा लागत बढेर ७० अर्ब पुग्ने अनुमान गरिएको आयोजनाको प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाल श्रेष्ठले नै बताएका छन् ।

आयोजनाले २०७४ फागुनमा तीन करोड ६० लाख ६ हजार कित्ता सेयर बीमा संस्थानका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र सञ्चयकोषमा रकम जम्मा गर्ने कर्मचारीको लागि शेयर निष्काशन गरिसकेको छ ।

लगानीकर्ता दुई रुपैयाँ ४६ पैसा घाटामा

कम्पनीले साधारण सेयर निष्काशन गर्न प्रकाशित गरेको वित्तीय विवरण अनुसार अहिले कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्ता दुई रुपैयाँ ४६ पैसा घाटा व्यहोर्नुपर्ने उल्लेख छ ।

विवरणका आधारमा हेर्दा एक सय रुपैयाँ लगानी गर्ने लगानीकर्ताको सेयरको मूल्य ९७ रुपैयाँ ५४ पैसामा झरिसकेको छ । 

लागत उच्च हुँदा चालू आर्थिक बर्ष २०७५/ ७६ को अन्त्यसम्म पनि माथिल्लो तामाकोशीको सेयरमा लगानी गर्ने लगानीकर्ताले प्रतिसेयर  ३० पैसा घाटा व्यवहोनु पर्नेछ । चालू आवको अन्यसम्म प्रतिसेयर नेटवर्थ ७८ रुपैयाँ ४२ पैसा मात्र कायम हुने प्रक्षेपण कम्पनी कै छ । 

आर्थिक बर्ष ७६/७७ मा प्रतिशेयर ३८ रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण कम्पनीले गरेपनि त्यसपछिका बर्षमा फेरी घटेर २० रुपैयाँमा झर्ने प्रक्षेपण कम्पनीले नै गरेको छ ।

शेयर निष्काशन नगर्दै घाटामा रहेको र ठूलाे परिमाणमा निष्काशन हुने शेयर संख्याकाे हिसाबले कम्पनीकाे शेयरमूल्य बजारमा उच्च हुने देखिँदैन ।अर्कोतर्फ स्थानीयबासीकाे एक कराेड पाँच लाख कित्ता शेयर समेत तीन बर्षपछि एकसाथ फुकुवा हुने हुँदा पनि त्यसले कम्पनीको भाउ घटाउनमा नै मद्दत पुग्दछ ।

त्यसैले  कम्पनीमा आइपिओ भर्न मरिहत्ते गरिरहनु पर्ने अवस्था देखिँदैन । तर दिर्घकालीन लगानीका हिसाबले भने अायाेजनामा लगानी उचित नै देखिन्छ ।

 

स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना तामाकोशी जलविद्युत आयोजनाको लागत निर्माण अवधि लम्बिएसँगै प्रतिमेगावाट पाँच करोड रूपैयाँले बढ्ने भएको छ । २०६७ सालमा निर्माण सुरु गर्दा प्रतिमेगावाट ९ करोड रुपैयाँ लागत अनुमान गरिए पनि निर्माण सम्पन्न हुँदा १४ करोड २५ लाख माथि पुग्ने देखिएको हो ।

४५६ मेगावाट क्षमताको यो आयोजनाको लागत सुरुमा ब्याज बाहेक ३५ अर्ब २९ करोड अनुमान गरिएको थियो ।

डलर र यूरोमा गरिएको सम्झौता निर्माण अवधि लम्बिँदा विदेशी विनिमय दरमा भएको नोक्सानी, मूल्य समायोजन, ब्याज, र प्रशासनिक खर्चपछि  सन् २०१७ डिसेम्बरसम्म ब्याज बाहेक अायाेजनाकाे लागत ४९ अर्ब २९ करोड लागत पुगिसकेकाे तामाकोशी हाइड्रोपावर लिमिटेडको दशौं वाषिर्क प्रतिवेदनमा उल्लेख छ ।

ब्याज सहित गणना गर्दा निर्माण सम्पन्न हुँदा आयोजनाको लागत ७० अर्ब माथि पुग्ने देखिन्छ । अनुमानित लागत भन्दा दोब्बर बढी लागत लाग्ने भएपछि यसमा लगानी गर्ने लगानीकर्ताले प्रतिफल पाउन पनि लामो समय नै कुर्नुपर्ने हुन्छ ।

जलविद्युत कम्पनीमा लागत बढ्दा लगानीकर्ताले लामो समय लाभांश खुवाउनसक्ने हैसियत बनाउन सक्दैनन् । माथिल्लो तामाकोशीको हकमा पनि लागत बढ्दा कम्पनीमा जति आकर्षण बढ्नुपर्थ्याे त्यति बढ्न सकेकाे छैन ।

यस्तो छ आयोजनामा शेयर स्वामित्व

आयोजनामा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २ – २ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीको १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत सेयर स्वामित्व रहनेछ ।

यस आयोजनाले दोश्रो चरणमा रोल्वाङ खोलाबाट १६७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गरिसकेको छ । यस्तै माथिल्लो तामाकोशीको विद्युत्त गृहबाट निस्कने पानीबाट १०१ मेगावाटको तामाकोशी पाँचौ निमार्ण गर्न कार्य अगाडि बढाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।