विदेशी मुद्राको विनिमयदर मनलाग्दी !

Dec 04, 2018 Merolagani

श्रृङ्खलाः एक ।
नवीन ढुंगाना । मंसिर १७ गते सोमबार अपरान्ह ४ः३१ बजे नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमयदर तालिका यस्तो छ । प्रस्तुत तालिका अनुसार अमेरिकी डलरको खरिददर प्रति डलर १११ रुपैयाँ ५ पैसा र बिक्रीदर १११ रुपैयाँ ६५ पैसा देखिएको छ ।


यस्तै एक यूरोको खरिददर १२५ रुपैयाँ २५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३६ पैसा नेपाली राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

सरकारको वित्तीय सल्लाहकार र देशको केन्द्रीय बैंकको विदेशी मुद्रा विनिमय आधिकारिक हुने भएकाले सबै निकायले यही तथ्याङ्कलाई आधिकारिक भन्छन् ।

तर नेपालमा विदेशी रुपैयाँको विनिमयबारे जानकारी लिन अरु पनि धेरै तरिका छन् र त्यो हो वाणिज्य तथा विकास बैंकहरुले निर्धारण गर्ने विनिमयदर ।

केन्द्रीय बैंकको तालिका अनुसार तुलना गर्न हामीले मंसिर १७ गते सोमबार ४ः३१ बजे वाणिज्य बैंकहरुको सबल मध्ये एक नेपाल इन्भेष्टमेन्ट बैंकको विनिमय तालिका पनि हेर्यौँ ।

इन्भेष्टमेन्ट बैंकको विनिमय तालिकामा सोमबारका लागि तोकिएको अमेरिकी डलरको खरिददर प्रतिडलर १११ रुपैयाँ १४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३० पैसा उल्लेख छ । यस्तै यूरो एकको खरिददर १२५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४८ पैसा।

राष्ट्र बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको विनिमयदर तालिकामा डलरको खरिददरमा ९ पैसा र बिक्रीदरमा ६५ पैसाको फरक देखिन्छ । त्यसो त यूरोको खरिदमा पनि ९ पैसा र बिक्रीदरमा १ रुपैयाँ १२ पैसा फरक देखिएको हामीलाई प्रष्टै  भयो ।

तर यहाँ यूरो र डलरको मात्रै कुरा होईन सबै विदेशी रकमको बिक्री र खरिददर एक अर्का बैंकको विवरणसँग मेल खाँदैन ।

व्यवसायी वा व्यक्तिले अझै पनि विभिन्न थरीका विनिमयदर अनुसार कारोबार गर्दछन् । एक राष्ट्र बैंक, दुई वाणिज्य तथा विकास बैंक र तीन साना सटही केन्द्रहरु ।

एउटै देशमा एउटै समय फरक फरक विनिमय दर कायम हुन सक्छ या सक्दैन ? यो अहिलेको मुख्य बहसको विषय हो ।

राष्ट्र बैंक र इन्भेष्टमेन्ट बैंकको विवरण मेल नखानु एउटा उदाहरण मात्रै हो तर राष्ट्र बैंकले तोकेको विवरण र वाणिज्य तथा विकास बैंकको विनिमयदर प्राय एक अर्कासँग मेल नै खाँदैनन् ।

त्यसका अलवा विदेशी रकम सटहीको हब मानिने ठमेल क्षेत्रमा अर्कैथरी विनिमयदर कायम छ । सोमबार सोही समय मेरोलगानी टोली मनि चेन्जरमा विदेशी रकमको बढी कारोबार हुने ठमेल क्षेत्र पुगेको थियो । विदेशी पैसाको सटही सुविधा प्रदान गर्ने ठमेलका धेरै मनि चेन्जरहरुमा विनिमयदर फरक फरक पाइयो ।

 

ठमेलका मनि चेन्जरहरुको विनिमयदर विनिमयदर एउटै समय पसल पिच्छे कसरी फरक भयो ? अहिलेसम्म यो लेखको सार के हो भने विनिमयदर नेपाल राष्ट्र बैंकले तोक्ने, वाणिज्य तथा विकास बैंकले तोक्ने र अर्को साना व्यवसायीले आफू खुसीले तोक्ने गरि फरक-फरक कायम छ ।

त्यसो भए आजको खास विनिमयदर कति हो ? एउटा समान्य नागरिक वा व्यवसायी कुन तथ्याङ्कलाई आधार बनाएर वा आधिकारिक मानेर विदेशी रकम खरिद बिक्री गर्न सक्छन् ? अाम नागरिक यसकाे सूचना पाउनबाट अझै अलमलमा रहेका छन् ।

क्रमश.....

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।