नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि तीन जनाको नाम सिफारिस

Jan 04, 2019 Merolagani

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि तीन जनाको नाम सिफारिस गरेको छ। मन्त्रालयका सचिव एवं नेपाल टेलिकमका अध्यक्ष महेन्द्र मान गुरुङ सँयोजकत्वको समितिले डिल्ली अधिकारी, सङ्गीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस गरेको हो ।

सिफारिस भएका तीनै जना नेपाल टेलिकमसम्बद्ध व्यक्ति हुन भने उनीहरूसंग व्यवस्थापकिय पदमा रहेर काम गरेको अनुभव छ ।

साेमबार बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस तीन मध्ये एकलार्इ टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गर्नेछ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।