एनआईसी एशियाकाे चौथो ऋणपत्र माघ १३ गतेदेखि खुल्दै, २५ कित्तादेखि आवेदन दिन सकिने

Jan 17, 2019 Merolagani

एनआईसी एशिया बैंक (NICA) ले चौथो पटक माघ १३ गतेदेखि ४ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने मिति तोकेको छ। ऋणपत्र जारी गर्न दिएकाे निवेदन धितोपत्र बोर्डबाट पुस ३० गते स्वीकृती पाएपछि बैंकले बिहीबार आह्वानपत्र प्रकाशन गरेको हाे।

सर्वसाधारणमा १६ लाख कित्ता जारी हुँदै

बैंकले एक हजार रुपैयाँ अंकित दरमा कूल ४० लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । जसमध्ये निष्काशित ऋणपत्रको ४० प्रतिशत अर्थात १६ लाख कित्ता सर्वसाधारणमा जारी हुनेछ भने ६० प्रतिशत अर्थात २ अर्ब ४० करोडको २४ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने छ ।

सर्वसाधारणमा निष्काशन हुने ऋण्पत्रमध्ये ८० हजार कित्ता सामूहिक लगानी कोषका इकाईलाई छुट्टाइएको छ । १५ लाख २० हजार कित्ता सर्वसाधारणलाई बिक्री हुनेछ । उक्त ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि अधिकतम २० लाख कित्ता अर्थात दुई अर्ब रुपैयाँसम्मको आवेदन दिने व्यवस्था छ ।

बैंकले निष्काशन गर्ने ऋणपत्रलाई केयर रेटिङ्गस् नेपालले पुस २० गते लो क्रेडिट रिक्स जनाउने 'केयर एनपि ए' ग्रेडिङ्ग प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संस्थाको रूपमा लिइन्छ । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेड सूचीकरण गरिने उक्त ऋणपत्र नेपालको Debt Market को विकासको लागि एक महत्वपूर्ण कडि हुने बैंकले विश्वास गरेको छ ।

हाल नेपालमा दीर्घकालिन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालिन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चीतता हुने एवं सुरक्षित लगानी हुने लगायतका दृष्टिकोणबाट दीर्घकालिन लगानीको लागि विरलै प्राप्त हुने एवं उत्कृष्ट अवसर भएको बैंकले जनाएको छ ।

७७ जिल्ला र मेरो शेयरबाट आवेदन गर्न सकिने

इच्छुक लगानीकर्ताले ऋणपत्रमा छिटोमा माघ १६ गतेसम्म र आवश्यक आवेदन नपरेमा फागुन १३ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था गरिएकाे छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट सि आश्वा सदस्यताको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु मार्फत ७७ जिल्लाबाटै आवेदन गर्न सक्नेछन् । यसका अलावा मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन गर्ने सुविधा छ ।

१० प्रतिशत ब्याजदर अर्धवार्षिक भुक्तानी हुने

'१० एनआइसी एशिया ऋणपत्र २०८५/८६' नाम दिइएको १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत नै ब्याजदर (अर्धवार्षिक रुपमा) भुक्तानी गरिने बैंकले जनाएको छ ।

ऋणपत्रमा १० प्रतिशत व्याज प्रस्ताव गरिएकाले यो ऋणपत्र लगानीकर्ताका लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बैंकको छ ।

बैंकले यसअघि २० प्रतिशत हुन आउने ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्ने जनाएको थियो। धितोपत्र बोर्डले पुस २४ गते मुद्रा तथा पूँजी बजार सम्बन्धि सुझाव समितिको प्रतिवेदन कार्यान्वयन गर्दै ऋणपत्र जारी गर्दा जारी रकमको ४० प्रतिशत ऋणपत्र प्राकृतिक व्यक्तिलाई बिक्री वितरण गर्नका लागि छुट्याउनुपर्ने व्यवस्था गरेपश्चात निष्काशित ऋणपत्र दोब्बर बनेको हो ।

 

.......{ऋणपत्र के हो ? यस्ता हुन्छन् यसकाे महत्व}.....

ऋणपत्र जारी गर्ने उदेश्य

बैंकले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन,वित्तीय तथा आर्थिक गतिविधिलाई विस्तार गर्न, बैंकको पूरक पूँजीकोष वृद्धि गरेर पूँँजीगत आधार मजबुत बनाउने उदेश्य अनुरुपको कार्य गर्ने प्रयोजनका लागि पूँजी संकलन गर्न ऋणपत्र जारी गरिन लागेको जनाएको छ ।

यसअघि एनआईसी एशिया बैंकले ५० करोड, ३ अर्ब र एक अर्ब ८३ करोड गरि तीन पटक गरि पाँच अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरिसकेको छ । यो सहित एनआइसी एशियाले जारी गर्ने ऋणापत्रको संख्या चार पुग्नेछ भने ९ अर्ब ३३ करोडको ऋणपत्र बैंकले जारी गर्नेछ।

पछिल्लो समय गत भदौ २१ देखि २७ गतेसम्म बैंकले एक अर्ब ८३ करोड रुपैयाँको ११ एनआईसी एशिया ऋणपत्र २०८२/८३ निष्काशन गरेर असोज ४ गते बाँडफाँड गरेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।