शेयर बिक्री आदेशमा अग्रिम रकम नलिन ब्रोकरलाई नेप्सेको निर्देशन

Jan 31, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्चले लगानीकर्ताहरुबाट शेयर बिक्री आदेशमा अग्रिम रकम नलिन ब्रोकरहरुलाई निर्देशन दिएको छ। केही शेयर दलाल कम्पनीहरुले शेयर बिक्री आदेशमा समेत लगानीकर्ताबाट अग्रिम रकम लिएको पाइएपछि नेप्सेले उक्त निर्देशन दिएको हो।

नेप्सेले ब्रोकरहरुले बिक्री आदेशमा समेत अग्रिम रकम लिएर कानून विपरित काम गरेको उल्लेख गरेको छ। धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ मा शेयर खरिद आदेश लिँदा मात्र अग्रिम रकम लिन पाइने व्यवस्था रेहको छ ।

विनियमावलीको विनियम ८ (१) मा कारोबार सदस्यले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रुपमा लिनुपर्नेछ भन्ने व्यवस्था रहेको छ ।

 

तर केहि ब्रोकरहरुले खरिद आदेशसँगै बिक्री आदेशमा पनि लगानीकर्ताबाट २५ प्रतिशत अग्रिम रकम लिएको पाइएपछि सो कार्य नगर्न नेप्सेले निर्देशन दिएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।