नेपाल इन्स्योरेन्सद्धारा २४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन,खुद नाफा ७१% बढ्यो

Feb 11, 2019 Merolagani

नेपाल इन्स्योरेन्स (NICL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २४ करोड एक लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १८ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले ५ करोड ५० लाख रुपैयाँले बीमा शूल्क बढाएको हो।

कम्पनीले हाल सम्म ७१ हजार ९६ बीमालेख जारी गरी ५६ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । गत वर्षको यसै अवधिमा ३८ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । 

यस्तै कम्पनीले पुर्नबीमाबाट ८ करोड १९ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ३ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा कम्पनीको ३८ करोड ७४ लाख लगानी तथा कर्जा रहेको छ ।

कम्पनीले यस अवधि सम्ममा ७ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा ७१.२० प्रतिशत अर्थात ३ करोड ४ लाख रुपैयाँले बढी हो। गत वर्ष कम्पनीले ४ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअघि ३० कराेड १९ लाख ८९ हजार रूपैयाँ चुक्त्ता पूँजीबाट शतप्रतिशत हकप्रद जारी गरेर हाल ६१ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी कायम गरेको कम्पनीकाे जगेडा कोषमा २७ करोड ३६ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा १० कराेड ६८ लाखले जगेडा काेषकाे आकार बढेकाे हाे ।

नेपाल इन्स्योरेन्सकाे बीमा कोष पनि १५ कराेड ७१ लाखबाट ७ कराेड ४२ लाख बढाएर २३ करोड १४ लाख रुपैयाँ सञ्चित गरेको छ ।

कम्पनीले चुक्ता पूँजीको ६५ प्रतिशत अर्थात (१ः०.६५ अनुपातमा) ४० करोड १४ लाख रुपैयाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयर बिक्री गर्न तयारी गरेको छ। हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोकेभन्दा बढी एक अर्ब एक करोड ९१ लाख रुपैयाँ पुग्नेछ ।

यस अवधिमा कम्पनीले ९२८ दाबी वापत १७ करोड २३ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने एक हजार ९२३ दाबी बापत १ अर्ब १३ करोड ४५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। यस त्रैमासकाे अन्त्यसम्म कम्पनीले भुक्त्तानी गर्न बाँकी रकम ३४ कराेड ६ लाख छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ७१ पैसा, प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ७७ पैसा र मुल्य आम्दानी अनुपात ४६.८८ गुणा बढी छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।